• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नागरिक अगुवाहरूले माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

img

काठमाडौँ । नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसद्मा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रूपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए ।

विरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरू जन्मिरहेको बताए । उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको बताए । उनले देश अप्ठ्यारोमा पर्दा विदेश भाग जाने पक्षमा रहेको बताए । उनले अहिलेको नेताहरू भगौडे रहेको र सबै उद्योग धन्दाहरू बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताए ।

img

Share: