काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।
उनीहरूबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।
संसद्मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय लगातारजस्तो भेटवार्तामा छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ तानिरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्णरूपमा लिइएको छ।