• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आज

img

काठमाडौं । मिस नेपाल २०२३ ले शनिबार बेलुकासम्म नयाँ विजेता प्राप्त गर्नेछ । यसवर्षको ग्राण्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

२४ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमध्येबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थजस्ता तीन ठूला विधाको विजेता घोषणा हुनेछन् ।

१२ सहविधाको समेत घोषणा हुनेछ । फिनालेमा चर्चित नेपाली रकस्टार अभया सुब्बाले एकल सांगीतिक प्रस्तुति दिनेछिन् ।

नयाँ मिस नेपाललाई अघिल्लो वर्षकी विजेता प्रियंकारानी जोशी, मिस इन्टरनेसनललाई न्यान्सी खड्का र मिस अर्थलाई सरिशा श्रेष्ठले ताज लगाइदिनेछन् । हिडन ट्रेजरले अन्तिम तयारी पुरा भएको जनाएको छ ।

फिनालेको होस्ट मोडल तथा टिभी होस्ट सहाना बज्राचार्यले गर्नेछिन् भने पत्रकार, खेलाडी, कलाकार, उद्यमीसहितका ११ जना निर्णायक रहेका छन् । मिस नेपाल प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।

img

Share:
Tags