• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

img

काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ। १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा विशेष प्रदर्शन गरेको हो।

सो विशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा बिक्रम संवत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

img

Share: