• img
  • img
img img img
Categories
खेलकुद

आईपीएलको उपाधि चेन्नाईलाई

img

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । अहमदाबादमा भएको फाइनल खेलमा अघिल्लो सिजनको विजेता गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाईले उपाधि जितेको हो ।

वर्षाका कारण प्रभावित खेलमा चेन्नाईले गुजरातलाई ५ विकेटले हराउँदै पाँचौ पटक आईपीएल उपाधि आफ्नो नाम गरेको छ । डीएलएस मेथदका आधारमा १५ ओभरमा १७१ रनको लक्ष्य पछ्याएको चेन्नाईले अन्तिम बलमा जित हात पारेको हो । अन्तिम २ बलमा १० रनको चाहिएको बेलामा रविन्द्र जडेजाले मोहित शर्माको बलमा एक छक्का र एक चौका प्रहार गर्दै चेन्नाईलाई उपाधि दिलाएका हुन् । उनले ६ बलमा १५ रन बनाए ।

चेन्नाईका ओपनर डेभन कोन्वेले ४७ रन तथा ऋतुराज गायक्वाडले २६ रन बनाए । यस्तै शिवम दुवेले अभिजित ३२ रन बनाउँदा अजिंख्य रहाणेले २७ तथा अम्बाती रायुडुले १९ रन बनाए । गुजरातका मोहित शर्माले ३ तथा नुर अहमदले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१ रन बनाएको थियो । गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ९७ रन बनाए । यस्तै ऋद्धिमान शाहाले ५४ तथा शुभमन गिलले ३९ रन बनाए । चेन्नाईका मथिसा पाथरानाले २ विकेट लिए ।

img

Share:
Tags