• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

प्रचण्ड भ्रमणमा जाँदा भारतमा सधैं शोक र आक्रोश

img

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्नो ४ दिने भारत भ्रमणमा छन् । उनको भ्रमणको आज चौथो दिन हो र उनी आज बेलुका दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ । उनी बुधबार दिउँसो काठमाडौंबाट उडेर अपरान्ह दिल्ली पुगेका थिए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नोे भ्रमण ऐतिहासिक भएको बताए । उनले आफ्नो भ्रमणले ऊर्जा व्यापारमा ब्रेक थ्रु हासिल गरेको दाबी गरे । उनले बंगलादेश–भारत–नेपाल त्रिपक्षीय विद्युत् व्यापारमा भएको समझदारीलाई पनि महत्वपूर्ण उपलब्धि बताए । उनले भारतले नेपाललाई हवाई प्रवेश रुट दिन सकारात्मक जवाफ दिएको कुरालाई पनि ऐतिहासिक उपलब्धीको रुपमा व्याख्या गरे ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो यो भ्रमणलाई सफल र ऐतिहासिक बताइरहँदा उनको भ्रमणको क्रममा भारतमा भने निकै दुखद संयोग देखिएको छ । उनी भारत भ्रमणमा गएका बेला भारतमा केही न केही यस्ता घटना भएका छन् जसले उनको भ्रमणका क्रममा भारतमा शोक वा आक्रोशको अवस्था थियो । पछिल्लो पटक अहिले प्रचण्ड भारतमै हुँदा भारतको उडिशामा भीषण रेल दुर्घटना भएको छ जसमा २८० भन्दा धेरै मारिएका छन् र हजारभन्दा धेरै घाइते छन् ।

प्रचण्ड भारतमै रहेको समयमा उडिशामा हिजो बेलुका करिब ७ बजेको समयमा भीषण रेल दुर्घटना भयो । यो समाचार तयार पार्ने समयसम्म भारतीय मिडिया इण्डिया टुडेले मृतकको संख्या २८० पुगिसकेको र यो संख्या बढ्दो क्रममा रहेको बताएको छ । घाइतेको संख्या हजारभन्दा बढी छ । यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च स्तरीय बैठक गरेका छन् । मोदी आजै दुर्घटनास्थल जाने कार्यक्रम छ ।

प्रचण्ड नेपालको प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका बेला भारतमा शोक वा आक्रोशको यस्तो अवस्था भएको यो पहिलो पटक होइन । प्रचण्ड नेपालका प्रधानमन्त्रीको रुपमा अहिले समेत गरी कूल ४ पटक भारतको भ्रमणमा गएका छन् । र, उनी यसरी जाँदा हरेक पटक भारतमा केही न केही यस्तै दुःखद घटना भएको छ ।

सन् २००८ को सेप्टेम्बर १५ मा प्रचण्ड पहिलो पटक नेपालको प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका थिए । यसको ठिम २ दिनअघि भारतको राजधानी दिल्लीमा भीषण बम विष्फोट भएको थियो । बेलुका ६ बजेर ७ मिनेटको समयमा विष्फोट सुरु भएर केही मिनेटमा लगातार ५ विष्फोट भएका थिए जसमा कम्तीमा २० जनाको मृत्यु र ९० भन्दा धेरै घाइते भएका थिए । यो विष्फोटले प्रचण्ड भारत पुग्दा राजधानी शोकमा थियो ।

संविधान जारी भइसकेपछि केपी ओलीको सरकार ढलाएर २०७३ मा प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए । त्यसपछि १५ सेप्टेम्बरमै प्रचण्ड ४ दिने भारत भ्रमणमा गए । प्रचण्ड भ्रमण समेर नेपाल फर्कने दिन १८ सेप्टेम्बरमा बिहानै भारत प्रशासित जम्मु कश्मिरको उरीस्थित भारतीय सेनाको ब्रिगेड हेडक्वार्टरमा आतंकवादी आक्रमण भयो ।

४ जना जैश ए मोहम्मदका लडाकूले गरेको भनिएको यो आक्रमणमा भारतीय सेनाका १९ जवान मारिए भने १९ देखि ३० जना घाइते भएको बताइएको थियो । यो आक्रमणले भारत शोकका साथै आक्रोशमा थियो र पछि भारतले यसको जवाफमा पाकिस्तानमा कथित रुपमा आतंकवादी अड्डामा आक्रमण गरेको थियो । बलिउड फिल्म ‘उरी ः द सर्जिकल स्ट्राइक’ यही कथामा बनाइएको दावी गरिन्छ ।

यसको एक महिनापछि नै अक्टोबरको मध्यमा भारतमा भएको ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रचण्ड भारत गए । गोवामा भएको यो सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेकका राष्ट्रका सरकार प्रमुखहरुलाई निम्ता दिएको हुँदा प्रचण्ड त्यहाँ गएका थिए । प्रचण्ड भारत गएकै दिन १५ अक्टोबरमा वाराणसीमा ठूलो भीडमा भागदौड हुँदा २५ जनाको ज्यान गएको थियो ।

धार्मिक गुरु जय गुरुदेवका उत्तराधिकारी दावी गर्ने पंकज बाबाले वाराणसीमा जुलुस निकालेका थिए । जनजागरण यात्रा भनिएको यही जुलुसका क्रममा राजघाट पुलमा भागदौड मच्चिएको थियो । जसमा कम्तीमा २५ जनाको ज्यान गएको थियो र भारत शोकमा थियो ।सम्भार डी सि नेपाल

img

Share:
Tags