• img
  • img
img img img
Categories
प्रदेश समाचार

सप्तरीको प्रसिद्ध शक्तिपिठ कंकालिनी भगवती मन्दिरमा चुनावी प्रतिस्पर्धा

img

सप्तरी । सप्तरीको प्रसिद्ध शक्तिपिठ श्री श्री १०८ श्री कंकालिनी भगवती मन्दिर विकास समितिको निर्वाचनमा दुई प्यानल विच प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्षमा चार जनाले उम्मेदवारी दिएपनि निलेश कुमार झा र श्यामसुन्दर मण्डलको प्यानल विच कडा भिडन्त हुने भएको हो । जसपा, काँग्रेस, एमाले, माओवादी नेकपा एस गरि ५ दलले झाको नेतृत्वमा विभिन्न ११ पदका लागि प्यानलसहित मनोनयन दर्ता गराएका छन् भने जनमत पार्टीको समर्थनमा श्यामसुन्दर मण्डल नेतृत्वको प्यानलबाट ११ जनाले मनोनयन दर्ता गरेका छन् । जसपाका झा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा कुन्दन कापैर, सचिबमा परशुराम यादव, कोषाध्यक्षमा लक्ष्मण कुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यमा अनिता देवि अधिकारी र दलित सदस्यमा फुलचन्द रामको उम्मेदवारी परेको छ ।

यसैगरी खुल्ला सदस्य तर्फ विहारी मण्डल, शम्भु कुमार मण्डल, अशोक कुमार ठाकुर, विरेन्द्र कुमार मण्डल, धर्मा प्रसाद यादवले मनोनयन दर्ता गराएको अध्यक्ष पदका उम्मेदवार निलेश कुमार झाले बताए । यसैगरी जनमत पार्टीको समर्थनमा मण्डल नेतृत्वको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण मण्डल, सचिबमा प्रभु कुमार मण्डल र कोषाध्यक्षमा दिपेन्द्र यादवले उम्मेदवारी दिएका छ्न । महिला सदस्यमा अनितादेवी मण्डल र दलित सदस्यमा विनोद कुमार रजकले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी खुल्ला सदस्यहरुमा खगेन्द्र प्रसाद मण्डल, बद्री नारायण साह, अशोक गाईम र जितेन्द्र कुमार माझीले उम्मेदवारी दिएको जनाएको छ ।

अध्यक्षमा ओम प्रकाश रजक र गुलाव कुमार मण्डलले जनसमुदायको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका उम्मेदवारी दर्ता गराएको स्थानीयले बताएका छन् । अध्यक्ष रजकको प्यानलमा सचिब संजय कुमार मण्डलको उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिब कोषाध्यक्ष, १ दलित सदस्य १ महिला सदस्य र ५ खुल्ला गरि ११ पदका लागि ३३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा ४ जना, उपाध्यक्षमा ३ जना, सचिबमा ५ जना, कोषाध्यक्षमा २, महिला सदस्यमा २ दलित सदस्यमा २ र खुल्ला सदस्यमा १५ जनाको उम्मेदवारी परेको जनाएको छ ।

यसैगरी मनोनयन दर्ता गरेका मध्ये चारजनाले उम्मेदवार फिर्ता लिएका छ्न । कंकालिनी भगवती मन्दिर समितिको कुल १ हजार ५ सय ४४ जना मतदाता रहेका छन् ।

img

Share:
Tags