• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

अदालत बाहिर प्रदर्शन गर्नेहरु पक्राउ

img

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए । विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं, न्याय हराए कहाँ जाने ?जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।

img

Share: