• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जसपाको विधान अधिवेशन जारी

img

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी रहेको छ । 

हिजोबाट सुरु भएको अधिवेशनको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुँदैछ । छलफलका लागि सहभागीलाई १० समूहमा विभाजन गरिएको छ ।

हिजो अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए । सोही प्रस्तावित विधानमा आजबाट समूहगत छलफल हुन लागेको हो ।

अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठनलगायत देशभरी तथा प्रवाससमेतबाट गरी करिव ८०० प्रतिनिधिहरू सहभागी छन् ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालको विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली बन्नेछन् । 

विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ ।

img

Share: