• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राष्ट्रिय सभाबाट बजेट पारित

img

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो ।

त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । बिहीबार नै बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

प्रतिनिधिसभाबाट भने असार १३ गते बजेट पारित भएको थियो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

img

Share: