• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

नेपाली कांग्रेसले मंगलबारदेखि सुरु, बैठकको लाईभ प्रशारण गर्न प्रस्ताव

img

काठमाडौं । नेपाली कांग्रेसले भोलि मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको छ । धुम्बाराहीस्थित पार्टी सभाति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको जनाएको छ ।

एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकको लाईभ प्रशारण गर्न सभापति देउवाले प्रस्ताव गरेका छन् । देउवाले नेताहरुले बोलेको तथ्य भन्दा बेग्लैरुपमा मिडियामा समाचार आएको भन्दै बैठक नै लाईभ गर्न प्रस्ताव गरेका हुन् । उनले पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेपनि सो विषयमा सबैको एउटै धारणा नआएको पूर्व महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

त्यस्तै पदाधिकारी बैठकले नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयलाई केन्द्रीय समितिको एजेण्डा बनाएको छ । पार्टीका विभाग थप गर्ने, संसदमा कांग्रेसको भूमिका, सरकारका कामकारबाही लगायतका एजेण्डा केन्द्रीय समिती लैजाने बताइएको छ ।

मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ । लामो समयपछि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ ।

img

Share: