• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने :देउवा

img

काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि अपिल गरेको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गरी धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन् ।

‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन’, देउवाले भनेका छन्, ‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो ।’

नेपालमा परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको भन्दै देउवाले कानुनले पनि एक अर्काको धर्म संस्कृति र आस्थामा चोट नपुर्याकई धार्मिक साँस्कृतिक स्वतन्त्रता दिएको बताए ।

धरानको अहिलेको संवेदनशीलतालाई विचार गरेर राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तिहरु सद्भाव कायम राख्न एकजुट हुनुपर्ने देउवाले बताएका छन् ।

img

Share: