• img
  • img
img img img

img

संपादकीय

एचआईभी संक्रमण बाट बचौँ,विश्व एड्स दिवस

एड्स अथवा एचआईभी लागेका रोगीले रोगलाई लुकाएर नबसौँ, एड्स महामारीलाई रोक्न निशुल्क औषधि पाइन्छ र रोगीले लामो जीवन बाँच्न सक्छ।आज विश्व एड्स दिवस हो। त्यसैले आज एड्सको महामारीलाई अन्त्य गर्नका लागि एड्स रोगको बारेमा जनचेतना जगाउन हामीले आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्छ।

यस वर्ष विश्व एड्स दिवस २०२४ को नारा अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने अभिप्राय रहेको छ।

विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान गर्दछ, विभिन्न र्‍याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआइभी एड्सका बारेमा जनचेतना फैलाइन्छ । एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन्, एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पुर्‍याउँदछ । एचआइभीलाई अहिले संसार भरिनै एउटा रोग भन्दा पनि सङ्क्रमणका रूपमा हेरिन्छ । हरेक एचआइभी सङ्क्रमितहरू एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।
हामीले बुझ्नुपर्छ – एड्स संक्रमण बारे गलत धारणाहरू बाट मुक्त हुनुपर्छ। खासमा एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । वास्तवमा सङ्क्रमित रक्त दान अथवा ग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको सङ्क्रमण सम्भावना रहन्छ ।
हाम्रो देशम नेपालमा एचआइभी को प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको हो । सोसल मिडियाको विकास नभएको हुँदा चेतनाको अभावले कतिपय स्थानहरुमा यौनजन्य क्रियाकलापका लागि अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने सङ्क्रमण भएकाले नेपालमा एचआइभी सङ्क्रमितहरू धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुविधा तर्फ जाने गर्दैनथे । जसकारण समाजमा थाहा भएपछि धेरै जना एचआइभी सङ्क्रमितहरूले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका उदाहरणहरू सुन्न सकिन्छ ।
नेपालमा आप्रवासन र एड्सको सङ्क्रमण र मौसमी कामका लागी भारत तथा वैदेशिक रोजगारी कालागि जाने नेपाली युवाहरूको लस्कर लामै हुने भएकाले अनि ती यूवाहहरुलाई यौनजन्य क्रियाकलापले सङ्क्रमण भित्रिएको हो। एचआइभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनीहरू यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न भएकाले फर्कँदा रगतमा एचआइभी सङ्क्रमण लिएर फर्कने यो जमातले आफ्ना पत्निहरूमा यो सङ्क्रमण भूलवश सार्न पुग्दथे । त्यसपश्चात् जन्मेका धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू आज पनि हामीमाझ छन् । उनीहरूमध्ये अधिकांश अनाथ छन् र उनीहरूको उचित शिक्षा अनि सहज जीवनयापन अझै पनि सुनिश्चित गर्न नसकिएकोमा र उनिहरूले आज पनि भेदभावमा बस्नु पर्दा आजको यो विश्व एड्स दिवसमा थप पैरवी एवं प्रभावकारी सकारात्मक पाइला प्रतिको ऐक्यबद्धता हुनू जरुरी छ ।
एचआइभी सङ्क्रमितहरूलाई निःशुल्क रूपमा एआइभी भाइरस ओखती खान पाउने सुविधा हरेक जिल्ला अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरुमा गरेको छ।

नेपालमा एक दशक अगाडी सम्म एचआइभीको ज्ञान र जनचेतनामा अभिवृद्धि हुँदै गएर आजका मितिमा एचआइभी एउटा केन्द्रित महामारी अर्थात् कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो सङ्क्रमणको सम्भावना रहने र कूल जनसङ्ख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझ्न सकिन्छ,नेपालमा एचआइभीको जोखिममा धेरै भएका समूहहरूमा मुख्यतः
१। वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरू
२। पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरू
३। सुई द्वारा नशा सेवन गर्ने व्यक्तिहरू
४। असुरक्षित यौन कर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरू रहेका छन् ।
एचआइभीसँग नजिकका मुद्दाहरू अनि यसका बहु आयामिक प्रभावलाई कम गर्न नेपाल सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र स्थापना गरेको छ । एचआइभी सङ्क्रमितहरूलाई निःशुल्क रूपमा एआरभी भाइरस ओखती खान पाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरुमा गरेको छ ।

आजको दिन विशेषतः एचआईभीका बारेमा धेरै जानकारी फैलाउने दिन भएकाले हामीले यस बारेमा खुलेरै कुरा गरौँ, एड्स एवं यौनजन्य सङ्क्रमणबाट सुरक्षित रहौँ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी