न्युज 1नेपाल संवाददाता
काठमाडौँ, पौष ७ गते।
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल प्रतियोगितामा सुदूरपश्चिम रोयल्सलाई पछाडि धकिलिँदै जनकपुर बोल्ट्सले एनपिएलको उपाधिमाथि कब्जा जमाएको छ । यस खेलअघि दुई पटक जनकपुर बोल्ट्सलाई हराएको थियो र सुदूरपश्चिम रोयल्स फाइनल खेलमा भने ५ विकेटले पराजित भएको थियो।
सुदूरपश्चिमले १ सय ८५ रनको लक्ष्य दिँदा जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गरे । टोलीका लागि लाहिरु मिलन्था मैचको नायक बन्न पुगे । उनले ४९ बलमा मै ८७ रन बनाएर सर्वाधिक रनको हकदार बने । उनले ९ चौका र ४ छक्का हिर्काए।प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो।
सम्पन्न खेलमा जनकपुर टिमले अद्भुत करनामाको सुरुवात गरेको थियो । आसिफ शेख र लाहिरु मिलान्थाले अर्धशतकीय साझेदारी गरे । उनीहरुले ७ ओभरमा ७३ रन जोड्न सफलता पाए ।
कप्तान शेख १९ बलमा ३३ रन बनाए। जसमा ४ चौका र २ छक्का प्रहार गरे । उनी सैफ अली जेबको बलमा क्याच आउट हुन पुगे । लगत्तै मोहम्मद मोहसिन पनि ९ रन बनाउँदैमा आउट हुन पुगे । जेम्स निसम ४ रन बनाउँदै पभेलियन फर्किन बाध्य भएका थिए । हर्ष ठाकरले ३० रनको योगदान दिँदै टोलीलाई जितसम्म पुर्याउन अथक प्रयास गरे।
यस खेलको उपाधिसँगै जनकपुर टिमले १ करोड १० लाख रुपैयाँ जितेको छ । सुदूरपश्चिम भने ५१ लाख रुपैयाँ मै चित्त बुझाउनु पर्यो ।
खेलको प्रारम्भमा, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिलो ब्याटिङ रोज्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएर १८५ रनको लक्ष्य जनकपुर बोल्टसलाई दिएको थियो। ।
खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्टतिको परिचय दिदै खेलको सुरुवात गरेका थिए । दुई ब्याट्स मैनले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । उनीहरुले ११७ रन जोडे । टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो ।
सम्पन्न खेलमा भण्डारीले ४१ रनको योगदान दिए । उनले ३१ बलमा १ चौका र ३ छक्का पिटेका थिए । जेबले ४१ बलमा ६९ रन जोडे । उनले ८ चौका र २ छक्का हिर्काए । उनले ६४ रनको अवस्थामा जीवनदान पनि पाएका थिए ।
तेस्रो विकेटका रुपमा सुदूरपश्चिम रोयल्सले हरमित सिंहलाई गुमायो । उनले राम्रो सुरुवात गरे पनि १४ रनमा मैदान छोड्नुपर्यो। उनले ८ बलमा १ छक्का प्रहार गरे ।
यस लगत्तै, ब्रान्डन म्यामुलन पनि आउट भए । उनले १२ बलमा १४ रन बनाए । यस क्रममा उनले १ छक्का हिर्काएका थिए । कप्तान दीपेन्द्र सिंह ऐरीले कुनै खासै कारनामा देखाउन सकेनन् । उनी ९ रन बनाउँदै बाहिरिए। सातौँ विकेटका रुपमा स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किए ।
त्यसपछि नरेश बुढाऐयर ८ रन तथा ईशान पाण्डेले ६ रन बनाएर मैदानबाट फर्किए ।
जनकपुर टिमका लागि मोहम्मद मोहसिनले ४ ओभर बलिङ गर्दै ३ विकेट झारे । उनले यस क्रममा ४० रन बनाउन अवसर दिए। त्यस्तै, किशोर महतोले पनि ४ ओभर बलिङ गर्दै ३ विकेट लिए ।
जनकपुर टिमका लागि एकपटक पून: ललित राजवंशीले किफायती बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर एक विकेट लिए ।
उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । उनले १० खेलमा १७ विकेट लिएका छन् । जेम्स निसमले पनि एक विकेट लिएका हुन् ।
नेपाल प्रिमियर लिग एनपिएल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिच भएको खेल किर्तिपुरको टि.यु. स्टेडियममा भएको हो।