न्युज 1नेपाल संवाददाता
पौष २४ गते,काठमाडौँ ।
वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाइदिन्छु प्रलोभन दिएर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
मङ्गलबार सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७ का ३१ वर्षीय कृष्ण यदुवंशी (यादव ) र गोरखाका ३७ वर्षीय राजेश बरामलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै कयौं व्यक्तिहरू बाट जम्मा रु ७२ लाख ४८ हजार एक सय ५० र राजेशले रु आठ लाख ९० हजार लिएर सम्पर्क बाट बाहिरिएका थिए । पीडितको उजुरी माथि कारबाही गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरी नियन्त्रणमा लिएको छ ।