• img
  • img
img img img
Categories
राष्ट्रीय विचार समाचार साहित्य

विष्णुपुरको पर्साहीमा जसपा नेपालको अभिमुखी कार्यक्रम सम्पन्न

img

न्युज 1नेपाल संवाददाता।
पौष २५गते, सप्तरी।

जनता समाजवादी पार्टी नेपालको अभिमुखी कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ पर्साहीमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ र ३ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का अध्यक्ष कमलदेव यादवले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ‘कांग्रेस कम्युनिस्टले राजामहाराजाको शैलीमा उत्पीडित समुदायमाथि शासन गर्दै आएको’ बताउनुभयो । उनले ‘पहिचान र अधिकार सुनिश्चितता उत्पीडित समुदायको नेतृत्वमा मात्र सम्भव रहेको’ बताए । उनले खस, आर्यको नेतृत्वमा मधेसी, आदिवासी जनजाति, थारु, मुश्लिम, दलित, महिलासहित उत्पीडित समुदायको मुक्ति असम्भव रहेको जिकिर गरे ।
अध्यक्ष यादवले राजा र राणा पछि खस -आर्यको शासनकालमा मधेसी आदिवासी, मुश्लिम, दलित, महिलाको हक अधिकार खोस्ने बाहेक अन्य कुनै उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गरे ।
आसमानता, अपमान विरुद्ध शोसित पीडित एकजुट भएर लडाइ लड्नुपर्नेमा जोड दिदै अध्यक्ष यादवले समानता, स्वतन्त्रता र सामाजिक न्याय र विभिदको अन्त्यका लागि संघर्षको विकल्प नभएको उल्लेख गरे ।
‘सैकडौ बर्षदेखि उत्पीडित समुदायमाथि भएको हेपाहा प्रबृत्ति, आसमान भेदभाव, अपहलेनाबाट मुक्तिका लागि एकताबद्व भएर अगाडि बढ्नुपर्छ’, उनले भने,’सम्मान, स्वाभिमान र प्रतिष्ठा कायम गर्न सबै संगठित भएर अगाडि बढ्नुपर्छ ।’ बताउनुभयो।

अध्यक्ष यादवले काँग्रेस- एमाले नेतृत्वको सरकारले देशलाई संसार भरी दरिद्र र भ्रष्टाचारीको रुपमा चिनाउने काम बाहेको विकासको कार्य गर्न नसकेको टिप्पणी गरे । भ्रष्टाचारीलाई संरक्षण गर्न देशका ठूलो दुईपार्टी एमाले काँग्रेस मिलेर सरकार बनाएको आरोप लगाउँदै अध्यक्ष यादवले कांग्रेस-कम्युनिस्टको नेतृत्वमा सरकार रहेसम्म देशमा सुशासन, समृद्धि र विकास हुन नसक्ने’ दावी गर्दै ‘मधेसी, आदिवासी जनजाति लगायतका उत्पीडित समुदायको पहिचान, प्रतिनिधित्व, अधिकारको रक्षा तथा महिला, विपन्न बर्गमाथिको असमानता विरुद्ध जसपा नेपाल संघर्षरत रहेको’ उल्लेख गर्दै यादवले ‘प्राप्त अधिकार रक्षा र थप अधिकाका लागि आन्दोलनमा जुट्न नेताकार्यकर्तालाई निर्देशन’ दिए । उनले ‘शासन, प्रशासनमा सम्मानजनक सहभागीताका लागि शोषक र शासित वीचको पर्खाल रहेसम्म कायमै रहने’ भन्दै ‘त्यसको अन्त्यका लागि जसपा नेपाल दृढ संकल्पको साथ अगाडि बढेकाले सम्पुर्ण न्यायप्रेमीहरुको साथ सहयोग पाउने’ विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले पहिचान र अधिकारका सुनिश्चितताको लागि संगठित हुनुपर्नेमा जोड दिँदै’ कसैलाई मन्त्री, मेयर, वडा अध्यक्ष बनाउने मात्र पार्टीको अन्तिम लक्ष नभएको’ उल्लेख गर्दै उनले ‘देशमा बसोबास गरेका सम्पुर्ण जातजातिले शासन र प्रशासनमा सम्मानजनक रुपमा बराबरी सहभागीता नभएसम्म संघर्ष जारी राख्नुपर्ने’ बताए।
कार्यक्रममा केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साहले ‘जनमत नेतृत्वको सरकारले प्रदेशको विकासीय भौतिक संरचना समाप्त गर्न लागेको’ आरोप लगाए । उनले ‘त्यसको उदाहरणका लागि मधेस कृषि विश्वविद्यालयसहितमा गरेको चालू आवको बजेटमा भारी कटौती गरेकोबाट प्रष्ट भएको’ बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव( विक्की), केन्द्रीय सदस्य भिमराज यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, उपाध्यक्ष एवम् विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले समेत विचार व्यक्त गरेका थिए।
युवा नेता सुभाष यादवद्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य जसपा नेपाल निर्वाचन क्ष्रेत्र नम्बर २ का अध्यक्ष नारायण यादवले राखेका थिए ।
कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला, संघीय निर्वाचन क्ष्रेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह, वडा तथा बुथ समितिका पदाधिकारीहरु लगायत भारी सङ्ख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी