• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

पुष पूर्णिमाको कोशी ब्यारेजमा कोशी स्नान मेला सम्पन्न

img

न्युज 1नेपाल संवाददाता
पौष २९ गते, सप्तरी।
पुष पूर्णिमाको दिन कोशी ब्यारेजमा हुने कोशी स्नान मेला सम्पन्न भएको छ।
वैदिक शास्त्र अनुसार शुद्धिकरणको दृष्टिले महत्त्वपूर्ण मानिने कोशी स्नान हरेक वर्षझैँ यो वर्ष पनि कोशी ब्यारेज स्थित मेला सम्पन्न भएको हो।
सप्तरीको हनुमाननगर कंकालीनी  नगरपालिका वडा नं १  भारदह तथा कोशी गाउँपालिकाको सिमानामा पर्ने कोशी ब्यारेज स्थित परम्परागत रूपमा हुने असमान बेला यस वर्ष ५० हजारभन्दा बढीको सङ्ख्यामा मोरङ ,सुनसरी ,सप्तरी , सिराहा लगायत भारतको बिहार राज्यका विभिन्न स्थानबाट आएका मानिसहरूले बिहानदेखि नै कोशी नदीमा स्नान गरी कोशी ब्यारेजका मनोरम दृश्यको आनन्द उठाउँदै रमाएका थिए। ब्यारेज स्थित नदीमा बोटिङ गर्नेहरूको भिड हुनुभन्दा पनि अद्भुत ब्यारेजको पुल हेर्न बढी उत्सुक रहेका मेलामा उपस्थित मानिसहरूले बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म खचाखच भरिएका थिए।
एक दिन अघि नै मेला भर्न आएका कतिपय व्यापारीहरूले पसल थाप्न ठाउँ नपाएर रुमलिरहेका थिए भने ठाउँ पाइसकेका व्यापारहरुसँग मेला आयोजक समितिद्वारा करको रुपमा अत्यधिक रकम असुली गरेको व्यापारीहरुले गुनासो व्यक्त गरे।
‘समितिका ठेकेदारहरूले क्षमताभन्दा बढी रकम माग्दा हामीले दिन असमर्थ हुँदा दादागिरी पारामा समान उठाएर लगिएको’ एकजना पितलका सानातिना भाडाकुडा बेच्ने व्यापारीले बताए।

कोशी स्नान मेला कोशी नदीको विभिन्न स्थानहरूमा आयोजन हुने गरेको समाचार प्राप्त भएको छ।
सप्तरीको सप्तकोशी पूर्वमा स्थित नगरपालिकाको मेग्दिन चौरीया,
कञ्चनरूप नगरपालिकाको पूर्वमा स्थिर धनकट्टा ,मलकौर, हनुमान नगर कंकाल्नी नगरपालिकाको भलुवा हनुमाननगर र रामपुरा मलहनियामा समेत कोशी स्नान मेलाको आयोजन गरिएको थियो। यसमध्ये कतिपय मेला सम्पन्न भइसके भने कतिपय मेलाहरू तीन दिनसम्म रहने बताइएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी