• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

बङ्गलादेशले व्यापार समस्या समाधान गर्न भारतसँग वार्ता गर्न तयार

img

न्युज 1नेपाल
जेष्ठ ०५ गते,ढाका —बङ्गलादेशमा मुस्लिमहरू हिन्दूमाथि अत्याचार गर्न थालेपछि भारतले स्थल बन्दरगाहमार्फत् बंगलादेशी निर्यातमा प्रतिबन्ध लगाएकोले बंगलादेशको अन्तरिम सरकारले भारतसँगका सबै व्यापारिक समस्या समाधान गर्न तयार रहेको बताएको छ ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सल्लाहकारले बंगलादेश भारतसँग सबै विषयमा छलफल गर्न चाहेको बताएका हुन् ।
हालै भारतले बंगलादेशबाट सडकमार्फत् तयारी पोसाक (रेडिमेड गार्मेन्ट, आरएमजी) फलफूल तथा फलफूलको स्वादयुक्त तथा कार्बोनेटेड पेय पदार्थ, बेक गरिएका सामान, स्न्याक्स, चिप्स र कन्फेक्सनरी, कपास र कपासको धागो, प्लास्टिक र पिभिसी तयारी सामान र काठका फर्निचरको आयातमा प्रतिबन्ध लगाएको थियो ।यसअघि बंगलादेशले भारतबाट स्थलमार्ग हुँदै भित्रने धागोमा प्रतिबन्ध लगाएको थियो । भारतले बंगलादेशबाट तेस्रो देशमा सामान निर्यात गर्ने ट्रान्स–सिपमेन्ट सुविधा पनि रद्द गरेको थियो । व्यापार प्रतिबन्धले बङ्गलादेशलाई प्रभावित पारेको थियो। दुई छिमेकी देशबीच पारस्परिक व्यापार प्रतिबन्धहरू लगाइएपछि सम्बन्ध चिसिएको हो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी