• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

लोक तथा दोहोरीगित प्रतिष्ठानको महाधिवेशन आउँदो फागुनमा हुने

img

न्युज 1नेपाल

जेष्ठ ०६ गते, काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन आउँदो फागुनमा हुने भएको छ । मङ्गलबार बसेको केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरको अनुसार फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय भएको बताएको छ। बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते गर्ने र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
प्रतिष्ठानका उपमहासचिव शिरिष देवकोटाका अनुसार प्रदेश र महाधिवेशनका प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत भएको छ ।
त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल्ली वितरण र

व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ । महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने निकटतम समयमा तोकिने छ।

यसअघिको महाधिवेशनबाट मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष समेत हुन् । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा छन् ।

 

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी