न्युज 1नेपाल संवाददाता
असार२३ गते , सप्तरी। सप्तरीमा लागू औषध सहित दुईजना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी मौवाहा सप्तरीबाट प्रशनी हरेन्द्रप्रसाद यावत यादवको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आइरहेको दुई जना व्यक्तिहरुलाई शंका लागि चेक जाँच गर्दा निजहरूसँग लागू औषध बरामद हुँदा प्रहरीले नियन्त्रणमा लिएको हो।
असार २२ गते अं. १९:०० बजेको समयमा जिल्ला सप्तरी बलानबिहुल नगरपालिका वडा नं. २स्थित
बलान पुलबाट अं. ३०० मिटर दक्षिण खोला छेउमा पैदल आईरहेको दुई जना व्यक्तिहरु संग रहेको झोलाभित्र DIAZEPAM INJECTION- ८६ पिस, PHENERGAN INJECTION- ८६ पिस, Buprenorphine INJECTION ८८ पिस, सिमकार्ड नभएको COLORS कम्पनिको कालो रंगको सादा मोवाईल सेट थान-१ बरामद गरिएको छ।
पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नपा वडा नं ११ बस्ने २५ वर्षीय लक्ष्मण मल्लाह र जिल्ला उदयपुर त्रियुगा नपा वडा नम्बर ११ बस्ने २४ वर्षीय राजेश निरौला रहेको छ।
पक्राउ परेका उक्त अभियुक्तहरूलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी इलाका प्रहरी कार्यालय कडरवोनामा ल्याई सम्मानित सप्तरी जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।