• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

जमानतमा बाहिरै रहेर मुद्दा लड्ने व्यवस्था मिलाइयोस् : बाबुरामले भने

img

काठमाडौँ । नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

(रास्वपा) का सभापति रवि लामिछानेलाई जमानतमा बाहिरै राखेर मुद्दा लड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार भैरहवा जेलमा रहेका लामिछानेसँग भेटवार्ता गर्दै भट्टराईले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

रविमाथि फैसला भइसकेको छैन । अहिले न्यायिक हिरासतमा रहनुभएको हो । अदालतले नै व्याख्या गरिसकेको हुनाले म व्याख्या गर्न चाहन्न । तैपनि कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो’, उनले भने, ‘तर एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदै भनेर जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो मान्यता हो । त्यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।’

भट्टराईले मानवीय, वैकल्पिक राजनीतिक दलको हिसाबले ऐक्यबद्धता जनाउन आएको समेत स्पष्ट पारे ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी