न्युज 1 नेपाल संवादाता
राजबिराज/ साउन २३- लुकाई छुपाई राखिएकाे लागू औषध गाँजा सप्तरी प्रहरीले फेला पारेका छन् । जिल्लाकाे डाक्नेश्वरी नगरपालिका ५ महादेवा स्थित नहरकाे डिलमा प्लाष्टिकले बेरेर राखेकाे अवस्थामा शुक्रबार बिहान साढे सातबजेकाे समयमा फेला पारेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतकाे अनुसार नहरकाे डिलमा ६ वटा पाेका, त्यहाँबाट ३ सय मिटर पश्चिम खेतमा ११ वटा पाेका फेला परेकाे थियाे । फेला पारिएका जम्मा १७ वटा पाेकामा ३ सय ९६ केजी ९ सय ग्राम रहेकाे छ । 
उक्त ठाउँमा पाेकाहरू राखेकाे सूचना पाउने बित्तिक्कै जिल्लाबाट सप्रनाउकाे कमाण्डमा र ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षककाे कमाण्ड र ईलाका प्रहरी कार्यालय पाताेबाट प्रहरी नायव निरिक्षककाे कमाण्डमा संयुक्त प्रहरी टाेली पुगेकाे प्रनाउ बस्नेतले बताए ।
बेवारिसे उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रीया पुरागरी थप अनुसंधानका लागि ईप्रका कल्याणपुरमा राखिएकाे जनाएका छन् ।