• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कञ्चनरूपमा नेवा समुदायद्वारा गाइजात्राकाे भव्य प्रदर्शनी

img

न्युज 1 नेपाल संवादाता

कञ्चनरुप/ साउन २५ गते- गाइजात्राकाे अवसरमा नेवा समाजले आयोजना गरेको झाँकी प्रदर्शनकाे आज दाेस्राे हप्ताकाे पूर्व सन्ध्यामा तीनजना मृतककाे सम्झनामा काल्पनिक शरीर बनाई विभिन्न ठाउँ परिक्रमा पश्चात् बिधिपूर्वक नदीमा सेलाएका छन् । झाँकी सहित बाजाघाजा अगाडि लगाएर सैयाैका संख्यामा जातिय भेषभुषामा निस्केका प्रदर्शनीले स्वर्गीय मान बहादुर श्रेष्ठ, स्व.मनकुष्ण श्रेष्ठ र स्व.हेम कुमारी श्रेष्ठकाे काल्पनिक शरीरलाई दिवंगत आत्माको शान्तीकाे कामना गर्दै रिती -रिवाज, सस्कृति अनुसार पण्डित राखेर नदीमा सेलाएका हुन् ।

कञ्चनरुप १२ का मित्रनारायण श्रेष्ठ, दिर्घ नारायण श्रेष्ठ र रामबहादुर श्रेष्ठको परिवारले आफ्ना पितृहरुको पुत्लामा पूजाआजा गरि पितृ पर्साद खुवाएका थिए ।परिक्रमा पछि पौडाहा खोलामा पुत्लालाई सेलाइ घरमा झाकिमा सहभागी भएका सबैलाई खाना खुवाएका थिए ।

नेवार समुदायमा मृत्यु भएकाे वर्षदिन भित्रका आफन्तका सम्झनामा गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा रहि आएको छ । यसो गर्दा मृतकले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्दछन् भन्ने बिश्वास छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्वलाई कञ्चनरुपका नेवा समाजले विशेष महत्व दिइएका छन् । गाइजात्राकाे अवसरमा नागपञ्चमीकाे दिनबाट सुरू गरिएकाे झाँकी ३१ गतेसम्म प्रदर्शनी हुने सचिव शंकर श्रेष्ठले जानकारी गराए ।

बालबालिकालाई पञ्चकन्याको रुपमा सिंगारेर र गाईको फोटो बाेकेर सांस्कृतिक झाँकी निकालिएको छ भने केहीले आफ्नो दिगंवत भएका पितृहरुलो पुत्ला बाेकेमा थिए । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाउने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्दछ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्ना घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ईतिहासमा उल्लेख छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी