भूपदेव माली
भदौ २५गते, सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नपा वडा नं १ भारदहको वडा कार्यालयमा उग्र युवाहरूद्वारा आन्दोलनका नाममा तोडफोड एवं आग्जनी गरिएका छन्।
बुधबार भारदहका लगभग १५/ २० जनाको समूहमा युवाहरू आएर भारदह अस्पताल गेट अगाडि मुख्य राजमार्गमा आग्जनी गर्दै त्यहाँबाट वडा कार्यालयमा पुगेर कार्यालय भवनको तालालाई तोड्दै भित्र छिरी आग्जनी गरेका हुन्।
तालालाई तोड्दै कार्यालय कोठामा पसेर भवनभित्रका टेबुल ,कुर्सी, कम्प्युटर, ल्यापटप, कागजात र दराजहरू तोडफोड गरी आग्जनी गरेका छन्।
यस्तै भारदह स्थित पूर्वपश्चिम राजमार्गमा जताततै टायर बालेर सडकलाई अवरुध्द पारेका थिए।