डम्बर राई
कञ्चनरूप
जिल्ला सुरक्षा समितिकाे बैठककाे निर्णयानुसार आज देखि अर्काे आदेश नभएसम्म निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरिएकाे छ । स्थानीय प्रशासन ऐन २०२८ काे संशाेधित सहितकाे दफा ६ अनुसार हुनेगरी दफा ६(३) बमाेजिम निषेधाज्ञा साेहि ऐनकाे ६ (क) बमाेजिम सप्तरी जिल्लाकाे चारकिल्लामा निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरिएकाे हाे ।
उत्तरमा उदयपुर जिल्लाकाे सिमाना, पूर्वमा सुनसरी जिल्लाकाे सिमाना, दक्षिणमा भारत सिमाना र पश्चिममा सिरहा जिल्लाकाे सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै प्रकारकाे भेला, जुलुस, प्रदर्शन, सभा , बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा तथा कर्फ्यू जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेलले जानकारी दिनुभयाे । उहाँकाे अनुसार २७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म निषेधाज्ञा, ८ बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यू, साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेखि २८ गते बिहान ६ बजेसम्म कर्फ्यू हुनेछ ।