बालेन्द्र साह प्रधानमन्त्री, मन्त्रिपरिषद् गठन
कञ्चनरूप
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आज मध्यान्ह १२:३४ बजे नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा प्रधानमन्त्री साह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि शपथ गराइएको छ। नवगठित मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानुनमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, बिराजभक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोत मन्त्री तथा सुदन गुरुङ गृहमन्त्री नियुक्त भएका छन्।
यस्तै प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, दीपक साह (महोत्तरी) श्रममन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री र गणेश (खड्क) पौडेल पर्यटनमन्त्री बनेका छन्।
यसैगरी गीता चौधरी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री, सीता वादी महिला, बालबालिका तथा सामाजिक विकासमन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री साहले प्रधानमन्त्रीको जिम्मेवारीसँगै रक्षा तथा उद्योग मन्त्रालयसमेत आफैंले सम्हाल्ने जनाइएको छ।