• img
  • img
img img img
Categories
स्वास्थ्य

अनशनरत डा. केसीको समर्थनमा शनिबार जनप्रदर्शन हुने

img

काठमाडौं- एघारौं अनशनमा रहेका शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा शनिबार प्रदर्शन हुने भएको छ।

डा. केसीको पक्षमा साउन १४ गते शनिबार बिहान ११ बजे माइतीघर मण्डलामा प्रदर्शन गरिने आयोजकले बताएका छन् । आयोजक समितिका सदस्य डा. जीवन क्षेत्रीले सरकार संवेदनहीन र गैरजिम्मेवार देखिएकाले डा. केसीका माग पूरा गर्न दबाब दिने उद्देश्यले जनप्रदर्शन गर्न लागिएको बताए । उनले प्रदर्शनमा सहभागी हुन आमनागरिकलाई आग्रह पनि गरेका छन्।

डा. केसी साउन ९ गतेदेखि शिक्षण अस्पताल महाराजगञ्जमा आमरण अनशनमा छन् । सरकारले बारम्बार धोका दिएकाले बाध्य भएर अनशनको बाटो रोज्नुपरेको डा. केसीको भनाइ छ ।

उनले तत्काल माथेमा प्रतिवेदन अनुरुप आफूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग पहिलो नम्बरमा उठाएका छन्।

img

Share:
Tags