• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय

आन्दोलनमा जाने राजपाको चेतावनी

img

काठमाडौँ | मधेश आन्दोलनका मागहरु पुरा नभए संसद छोडेर आन्दोलनमा जाने चेतावनी राष्ट्रिय जनता पार्टी नेपालले दिएको छ | व्यवस्थापिका संसद्को आइतबारको बैठकमा राजपाकी संसदबाट डा.डिम्पल कुमारी झाले संसद छोडेर आन्दोलनमा जाने चेतावनी दिएकी छिन् |

संसद्को विशेष समयमा बोल्दै सांसद झाले संविधान संशोधन प्रस्ताव अघि नबढाए संसद् नै छोडेर जाने चेतावनी दिइन्।

‘तत्काल संविधान संशोधन विधेयक संसद्माग अघि बढाइयोस् र सहमति र सहकार्यका आधारमा त्यसलाई पारित गरियोस्,’ झाले भनिन्, ‘अन्यथा हाम्रो राष्ट्रिय जनता पार्टी संसद नै छोडेर जनतामा जान बाध्य हुनेछ।’

उनले निर्वाचन चाँडै होस् भन्ने आफ्नो पार्टी र मधेसी जनताको पनि चाहना भएको भन्दै प्रमुख दलले जनताको माग सम्बोधन गर्ने भन्दा पनि चुनाव सार्ने काम गरेको बताइन्।

‘न त हाम्रो पार्टीको माग चुनाव सार्ने छ, न त मधेसी जनताको नै त्यस्तो चाहना छ,’ उनले भनिन्, ‘पटक पटक सम्झौता गर्ने तर मधेसी जनताको अधिकार दिलाउने काम नगर्ने गरेर यहाँका दलहरुले मधेसी जनतालाई ठगी रहेका छन्।’

हुलाकी न्युज

img

Share: