• img
  • img
img img img
Categories
सहकारी

सहकारी बैंकद्वारा आइपिएस, इन्टरनेट बैकिंङ र एसएमएस बैकिंङ सेवा शुभारम्भ

img

काठमाडौं। राष्ट्रिय सहकारी बैंक लिमिटेडले १५ औं स्थापना दिवसको अवसर पारेर अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली ९आइपिएस०, इन्टरनेट बैकिङ सेवा र एसएमएस बैकिङ सेवाको शुभारम्भ गरेको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड ९एनसीएचएल०संगको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य संस्थाहरु मार्फत यो दिन दिन थालेको हो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गर्नु भएको थियो । उहाँले प्रविधिको प्रयोग गर्दै जनताको आयस्तर माथि उठाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी बैंकबाट प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानी सजिलै गर्न सकिने भएको छ ।

यस अघि नगद र चेकबाट हुँदै आएका कारोबारहरु समेत उक्त प्रणाली मार्फत हुने हुँदा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने सो अवसरमा जानकारी दिइएको थियो । एनसीएचएल प्रणालीमा हाल सम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ५ अन्य कम्पनीहरुसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेका छन् ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी, ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी यस प्रणालीबाट हुँदै आएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी