• img
  • img
img img img

img

१७ साउन,सप्तरी। एक रोपनि जग्गा भनेको २७४फिटको टनेल बन्छ र यसमा ९०० देखि १००० बेर्ना लगाउन सकिन्छ​।बेर्ना रोपेको ६५ देखि ७० दिनमा हामिले उत्पादन लिन्छौ। प्रति बोट लगभग  हाम्रो २०० रुपैया खर्छ हुन्छ​। औसतमा प्रति बोट  ७ देखि १० किलो उत्पादन लिन सक्छौ। बजारको मुल्य अनुसार कुनै बेला प्रति केजि ८० रुपैया देखि ३० रुपैया मा आउछ तर हामिलाइ प्रतिकिलो ३० रुपैया आयो भने पनि घाटा हुदैन र यो भन्दा घटेको आज सम्म मलाइ थाहा छैन​। ३० रुपैयाको मुल्य आयो भने पनि एक बोटमा ७ किलो मात्र फलायो भनेपनि २१० प्रतिबोट हुन्छ र पहिलो बर्ष लगानि उठाउनु नै आम्दानि हो किनकि दोस्रो बर्ष देखि तपाइको अघिल्लो बर्षको लगानिको ३०% मात्र लगानि लाग्छ​। त्यो भनेको तपाइको प्रतिबोट एक किलो फलाय तपाइको लगानि उठछ र बाकि उत्पादन फाइदा हो।यो  खेति चैतमा लगाइन्छ र जेष्ठ देखि उत्पादन लीइन्छ र मङ्गसिर पुस सम्म यस्को उत्पादन निरन्तर लिरहन सकिन्छ​।  खालि ३ , ४ महिनामा पनि काउलि, ब्रोकाउलि, मुला, साग आदि लगायर प्रति रोपनि डेढलाख जतिको आम्दानि गर्न सकिन्छ​।

img

Share:
Tags