• img
  • img
img img img
Categories
विजनेश

विमानस्थलले पछिल्लो केही समयदेखि बढिभन्दा बढी फ्लाइट डिलेका घटना सामना गरिरहेको छ

img

विमानस्थल कुनै रमाइलो ठाउँ हुँदैन जब यात्रु आफ्ना गन्तव्य पुग्नका लागि जहाज कुर्दै विमानस्थलमा घन्टौं बस्नुपर्ने अवस्था सिर्जना हुन्छ । यस्तो बेला यात्रुले प्रत्येक मिनेट प्रत्येक घन्टाबराबर र प्रत्येक घन्टा प्रत्येक दिनबराबर महसुस गर्नेछन् ।

यदि हवाई यात्रा गर्दै हुनुहुन्छ भने तपाईं यस्तै उडान विलम्ब ९फ्लाइट डिले० को कष्टदायी अवस्थाबाट गुज्रिनुपर्छ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो केही समयदेखि बढिभन्दा बढी फ्लाइट डिलेका घटना सामना गरिरहेको छ । यो विरक्तलाग्दो अवस्थाबाट प्रत्यक्ष रूपमा यात्रु पीडित भए पनि वायुसेवा कम्पनीहरूले समेत यही चोटको सामना गरिरहेका छन् ।

‘वायुसेवा कम्पनीले के चाहन्छ भने मेरो यात्रु तोकिएकै समयमा उडोस्, जसले गर्दा कम्पनीको प्रतिष्ठा बढोस् । मेरै जहाजबाट बढिभन्दा बढी यात्रुले उडान गरुन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन्, ‘ऊ कहिल्यै चाहँदैन कि मेरो जहाज डिले होस्, मैले अघि नै भनेँ विभिन्न कारणले फ्लाइट डिले हुने गर्छ । यसमा वायुसेवा कम्पनीको कुनै दोष छैन ।’

ठाकुरका अनुसार फ्लाइट डिले हुनुमा व्यस्त पर्यटन मौसम, प्रतिकुल मौसम, त्रिभुवन विमानस्थलमा रहेको एकमात्र धावनमार्ग र यसको ‘वान वे एप्रोच’ जस्ता विभिन्न प्राविधिक कारण पछिल्लो समय फ्लाइट डिले भइरहेका हुन् ।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण त्रिभुवन विमानस्थल बिहान सबेरैदेखि आधा रातसम्म व्यस्त हुने गर्छ । यहाँ प्रत्येक दिन बिहान ६ बजेबाट मध्यरात साढे १२ बजेसम्म जहाज निरन्तर उडान र अवतरण भइरहन्छन् । यो सँगसँगै अन्य मर्मतसम्भारका काम र जहाज पार्किङका काम लगायत दिनहुँका गतिविधि विमानस्थलमा निरन्तर सञ्चालन भइरहन्छन् । यात्रुले यस्ता गतिविधि नदेखे पनि यी यस्ता काम हुनु जसले विमानस्थललाई निरन्तर सञ्चालन गरिरहन महत्वपूर्ण योगदान गरिरहेका हुन्छन् ।

त्यसबाहेक विमानस्थलमा यात्रु, वायुसेवा कम्पनी र ग्राउन्ड हृयान्डलिङका कामदारलाई सबैभन्दा बढी समस्या पारिरहेको चुनौतीको अवस्था भनेको प्रतिकुल मौसमका कारण हुने फ्लाइ डिले नै हो र यसमा कुहिरो प्रमुख प्रमुख कारण हो । बिहान सबेरैको प्रतिकूल मौसमले पूरै दिनभरिको उडान तालिका प्रभावित पार्ने गर्छ । यसले गर्दा कुनै पनि जहाज ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर० ले मौसम सुधारको अनुमति नदिएसम्म उडान गर्न पाउँदैनन् । यद्यपि, अधिकांश वायुसेवा कम्पनीले प्रतिकुल मौसमका बेला ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ ९आइएफआर० को भरमा उडान(अवतरण गर्नुपर्छ ।

मौसम सफा भएका बेला पाइलटले पनि भिएफआर प्रविधिको सहयोगमा उडान(अवतरण गर्नुपर्न हुनसक्छ । प्रतिकुल मौसमका बेला भने पाइलटले आइएफआर प्रविधिको सहयोगबाट उडान(अवतरण गर्नुपर्छ जसमा केही दुरीसम्म सफा र उपयुक्त मौसम हुनुपर्छ । आन्तरिक उडानका लागि पनि यही नियम पालना गर्नुपर्छ ।

‘फ्लाइट डिलेको प्रमुख कारण के हो भने हाम्रो विमानस्थलमा एउटामात्र धावनमार्ग र एकमात्र एप्रोच छ । हामीसँग टु जिरो र जिरो टु गरी दुईतर्फी धावनमार्गको सुविधा भए पनि जिरो टु (कोटेश्वर क्षेत्र० बाट एकतर्फी उडान र एकतर्फी अवतरणको एप्रोच छ,’ त्रिभुवन विमानस्थलका प्रवक्ता ठाकुर भन्छन्, ‘साथै काठमाडौं उपत्यका कचौरा जस्तो आकारको छ, यसको आकास सानो छ जसले गर्दा जहाजलाई होल्ड गर्नुपर्ने बाध्यता छ ।’

ठाकुरका अनुसार हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजको आवागमन हेर्ने हो भने दैनिक ४ सय ७० भन्दा बढी उडान(अवतरण हुने गर्छन् । अर्को यो याममा मौसमले पनि धोका दिइरहेको छ । छिनछिनमा मौसम परिवर्तन भइरहेको हुन्छ । रातिको समयमा मेघगर्जन र दिउसोको समयमा पनि तुँवालोले ढाकिरहेको हुन्छ । जसले गर्दा आइएफआर उडान गर्नुपर्ने अवस्था आइपर्छ । यस्तो अवस्था आउनेबित्तिकै हामीले प्रतिघन्टा अधिकतम १२ देखि १३ वटाभन्दा बढी उडान व्यवस्थापन गर्न सक्दैनौं । जसका कारण यसको प्रभाव अन्य उडानमा पर्नु स्वाभाविक हुन जान्छ ।

पछिल्लो पटक नेपाल भ्रमणका लागि आउने पर्यटक संख्या विस्तारै बढ्दै गएका कारण धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौं गन्तव्यको उडान संख्या वृद्धि गरेका छन् । ताजा तथ्यांकअनुसार त्रिभुवन विमानस्थलमा हाल २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । तिनले काठमाडौंका लागि दिनको झन्डै १ सय उडान(अवतरण गरिरहेका छन् भने आन्तरिकतर्फ दिनको साढे ३ सयभन्दा बढी उडान(अवतरण भइरहेका छन् ।

प्राकृति रूपमा व्यस्त पर्यटन यामका बेला त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान संख्या पनि उल्लेख्य हिसाबले वृद्धि भइरहेको छ । यसबाट असाध्यै राम्रो आम्दानी हुने देखिए पनि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एउटामात्र धावनमार्ग रहेको छ र यसले धावनमार्गमा पर्ने चाप तथा त्यसको कारण फ्लाइट डिले हुने गरेको छ ।

त्यसैगरी जब धावनमार्ग खालि भएको अवस्था हुन्छ, तब जहाज ट्याक्सीवे र पार्किङ क्षेत्रमा भीड हुने गर्छ । यसको अर्थ जब कुनै जहाज उडान गर्न तयार हुन्छ तब अवतरण गर्न आइरहेको अर्को जहाज थप केही घन्टा होल्ड गर्नुपर्ने अवस्था उत्पन्न हुने गर्छ । यो असाध्यै कष्टदायी अवस्था हो । यसबाट उड्न ठिक परेको जहाज थप केही समय रोकिनुपर्छ जसले गर्दा हवाई ट्राफिक चाप बढाउन मद्दत पुगिरहेको हुन्छ ।

त्यसबाहेक त्रिभुवन विमानस्थलमा हाल सञ्चालन भइरहेका विभिन्न पूर्वाधार निर्माणका गतिविधिले ट्याक्सीवेलाई थप सीमित गरिदिएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय जहाजका उडान(अवतरणलाई बढी प्राथमिकता दिने गरिएको छ । जसका कारण आन्तरिक उडानमा सम्झौता हुने गरेको छ । जबसम्म विमानस्थलमा जारी पूर्वाधार निर्माणका काम सम्पन्न हुँदैनन् तबसम्म थप केही वर्ष फ्लाइट डिलेको समस्या यथावत र अनिवार्य हुने निश्चित छ ।

त्रिभुवन विमानस्थल र देशभरका सबै विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो । प्राधिकरणले हाल त्रिभुवन विमानस्थलमा मात्र करिब ११ अर्ब रुपैयाँ खर्च गरी विभिन्न पूर्वाधार निर्माण, भइरहेका पूर्वाधारको सुधार र मर्मतलगायतको काम गरिरहेको छ ।

हो, यहाँ धेरै समस्या छन् र यो पनि हो कि यो सोचेजति सजिलो पनि छैन । यस्ता सबै समस्या समाधान हुन केही वर्ष पक्कै लाग्ने छ र नेपालका सबै आन्तरिक वायुसेवा कम्पनीहरू यात्रुलाई उत्कृष्ट उडान अनुभव तथा सेवा दिन भने सधैं प्रतिबद्ध छन् र सधैं यही प्रयास गरिरहने पनि छन् ।

रातोपटी

img

Share:
Tags