• img
  • img
img img img
Categories
प्रदेश समाचार

सडक बनाउने जिम्मा पाएका ठेकेदार पक्राउ

img

रौतहट । सडक बनाउने जिम्मा पाएका ठेकेदारको लापरबाहीका कारण शनिबार गरुडा नगरपालिकामा चार बालिकाहरुको ज्यान गएको भन्दै ठेकेदार प्रह्लाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो तर खाल्डो पुरेका थिएन । मृतक बालिकाहरुका आफन्तजनले आइतबार शव सडकमै राखेर प्रदर्शन गरेका थिए ।

गरुडा नगरपालिकामा खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएपछि सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।

गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर करिब दुई घण्टा सडक जाम गरेपछि एसपी यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतक परिवारलाई किरियाखर्च वाफत १५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलाइएको थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी