• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश

img

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ ।

श्रीमती कल्पना उप्रेती शर्माले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै दायर गरेको मुद्धामा सर्वाेच्च अदालतले शुक्रबार उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वाेच्च अदालतले गत २७ असारमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सर्वोच्चले शर्मालाई १७ साउनमा अख्तियारबाट न्यायिक हिरासतमा राख्ने आदेश दिएको थियो ।

शर्मालाई गत १९ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । कर फस्र्योट आयोगमार्फत गैरकानुनी रुपमा कर मिनाहा दिइएको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

अख्तियारले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै १ साउनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

img

Share:
Tags