काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले डा। गोविन्द केसीको अनशन तोडाउन तत्काल पहलकदमी लिन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरवारमा आज बसेको समितिको बैठकले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ तथा अन्य सरोकारवालालाई बोलाएर यस्तो निर्देशन दिएको हो ।बैठकमा शिक्षा सचिव शान्तराज श्रेष्ठले डा।केसीको माग सम्बोधनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गरेर काम सुरू गरेको जानकारी दिदै यसमा सरकार गम्भिर रहेको बताए । माथेमा प्रतिवेदनको भावना अनुरूप नै काम अघि बढाइ सकिएको भन्दै उनले आफ्नो जीवनको ख्याल राखी अनशन तोड्न केसीलाई आग्रह समेत गरे ।समिति सभापति सुशील श्रेष्ठले डा केसीका माग सम्बोधनमा समयमै ध्यान दिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । देशका विभिन्न ठाउँमा डा केसी समर्थक द्वारा सप्तरी, सुनसरी, मोरङ्ग, लगाइत ठाउमा प्रर्दशन ।