• img
  • img
img img img
Categories
कृषि प्रदेश समाचार

केरा उत्पादक कृषकहरु एक पलट पुःन थप ऋणमा डुवने

img

भुपदेव माली
९ भदौ सप्तरी । भारदहका कृषकहरु यस बर्षपनि भिषण क्षत्तिको सामना गुर्ने परेको छ ।
विगतका केही बर्षहरुमा मधेश आन्दोलनका कारण केराखेती र केरा बजारमा छ महिना सम्म बन्द हडताल परेका थिए । बन्द हडतालले केरा उत्पादक कृषकहरु ठूलो क्षत्तिहरु व्यहोर्नुे परेका थिए र यस बर्षमा पनि निरन्तर कोशी पानीको कटानमा परि पाँचौ. सय बिगाहा केरा खेती नष्ट भएका छन ।
स्थानिय कृषकहरुले बाढी र डुवानका कारण विगत बर्ष झै यस बर्ष पनि ऋण मुक्त नहुने दुःख व्यतm गरेका छन ।

यस बर्षपनि अविरल बर्षाका कारण कोशी नदी एवं महुली खोलाका बाढीले भारदहका कोशी क्षेत्र अन्तर्गतका २ हजार बिगाहा भन्दा बढि केराखेती लाई डुवानमा पारिएको र उक्त पानी पहेलो माटोको कारण वोटलाई नष्ट गरि सुकाएको हुदाँ हजारौं किसान गरिवी रेखामुनी परेका छन ।

बाढी प्रभावित क्षेत्रहरुमा राहतको नाममा केही सहयोग पाएपनि यी भिषण आर्थिक मारमा परेका केरा कृषकहरु लाई राज्यबाट कुनै सहयोग नपाउँदा एक पलट पुःन थप ऋणमा डुवने कृषकहरुको गुनासो छ ।

img

Share:
Tags