काठमाडौं । नेपाल साफ यू(१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ ।
शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ ।
नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे ।
६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गर्यो । तर, ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत देखायो । तर, नेपालले अर्को गोल गर्दै ४(२ को जित निकाल्न सफल भएको छ ।
अर्को खेलमा भारतले भुटानलाई ३-० ले हराएको छ ।