• img
  • img
img img img
Categories
स्वास्थ्य

साथीलाई यौनसुख प्रदान गर्न के गर्ने ?

img

एजेण्ट । लिङ्गको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो आफ्नो यौनसाथीलाई यौनसुख प्रदान गर्न सक्छु कि सक्दिनँ भन्ने विषयमा हुन्छ । गहिरिएर हेर्ने हो भने लिङ्गको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने(दिने कुरामा मात्र सीमित नभै पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएको हुन्छ । पौरुषत्वसँग जोडिए पनि कतिपयको सोचाइविपरीत लामो लिङ्गबाट यौनसुख बढी दिन सकिने वा लिन सकिने भन्नेचाहिँ होइन ।

यौनसुख दिन वा लिन लिङ्गको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने बुझ्नु आवश्यक छ । सानो होस् वा लामो, लिङ्गको घर्षणबाट यौनसुख पाइन्छ । तपाईंले हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने उक्त लिङ्गबाट यौनसुख लिन सकिने कुरामा ढुक्क हुनुभए हुन्छ । जहाँसम्म आफ्नी श्रीमती वा महिला यौनसाथीलाई यौनसुख प्रदान गर्ने क्षमताको कुरा छ, त्यसका लागि महिलाहरूले कसरी यौनसम्पर्कबाट आनन्द प्राप्त गर्छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्द्रित हुँदैन । प्रायस् सबैजसो महिलाको यौनसुखको केन्द्र भगांकुर हो । यही भगांकुरकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले आनन्द प्राप्त गर्छन् । यो भगांकुर बाहिरतिरै हुन्छ ।

हुन सक्छ, कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला, तर त्यसैका आधारमा बढी यौन आनन्द प्राप्त हुनेचाहिँ होइन । केही अध्ययनमा यौनसम्पर्कका बेला महिलाले पुरुषको लिङ्गको नापलाई खासै ध्यान नदिने कुरा पनि उल्लेख छ । कहिलेकाहीं यौनक्रियाको चरमोत्कर्षमा पुग्न लागेका बेला मुखबाट निस्कने वाक्यकै आधारमा कसैले आफ्नो लिङ्ग सानो भएको मान्नुपर्ने कुनै कारण छैन । सम्पूर्ण योनिको लम्बाइ हेर्ने हो भने यसको भित्री भाग नभै बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणतस् छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ । तपाईंको ३ दशमलव ५ इन्चको लिङ्ग योनिको बाहिरतिरको १ दशमलव ३ इन्चजतिको यौन संवेदनशील भागको घर्षण गर्न पर्याप्त हुन्छ ।

योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रको ठूलो तथा सानो भगोष्ठ तथा अग्रभागमा रहेको monsveneris ९जहाँ यौनकेशहरू पाइन्छ० भागहरू यौन संवेदनशील हुन्छन् । त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । व्यक्ति(व्यक्तिमा फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र आदि अंगहरूलाई पनि यौन संवेदनशील अंग मान्न सकिन्छ । पुरुषहरूको तुलनामा महिलाको यौनसुख प्राप्त गर्ने कुरा लिङ्गमा मात्र केन्द्रित हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गहरूको अधिकतम प्रयोग उपयुक्त हुन्छ ।

img

Share:
Tags