• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राहतका लागि करोडौं रुपैयाँ घोषणा गर्नेले पनि घोषणा अनुसार राहत रकम कोषमा जम्मा गरेका छैनन्

img

१३ भदौ, काठमाडौं । बाढी–पहिरोपीडितलाई सरकारी राहत प्रदानमा ढिलाइ भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड रुपैयाँ जम्मा भएको छ । बाढी, पहिरो र डुबानको दुई साता बितिसक्दा पनि राहत कोषमा इतिहासमै सबैभन्दा कम रकम जम्मा भएको हो ।

राहतका लागि करोडौं रुपैयाँ घोषणा गर्नेले पनि घोषणा अनुसार राहत रकम कोषमा जम्मा गरेका छैनन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका उपसचिव लोकबहादुर कार्कीका अनुसार हालसम्म कोषमा तीन करोड ६२ लाख ७६ हजार नौ सय रुपैयाँ मात्रै जम्मा भएको छ ।

‘घोषणा गरेकाले पनि उद्धार कोषमा रकम जम्मा नगरिदिँदा कोष्मा रकम बढ्न सकेको छैन,’ उपसचिव कार्कीले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी