• img
  • img
img img img
Categories
राष्ट्रीय शिक्षा

भरखरै मात्र कक्षा १२ को नतिजा सार्बजनिक भएको छ

img

काठमाडौं,१५ भदौ | भरखरै मात्र कक्षा १२ को नतिजा सार्बजनिक भएको छ | ब्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको नतिजा सार्वजनिक भएको छ | बैशाख १० गते भएको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो जसमा परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् |

नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।

आफ्नो नतिजा थापा पाउन नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने छन् भने वेबसाइट http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट समेत आफ्नो नतिजा हेर्न सकिन्छ |

 

 

 

 

img

Share: