• img
  • img
img img img
Categories
कृषि विजनेश

थोरै समयमा धेरै आम्दानीदिने व्यवसायहो – कुखुरापालन

img

डा.जयबिक्रम शाह

 

 

थोरै समयमा धेरै आम्दानीदिने व्यवसायहो – कुखुरापालन । अहिले नेपालमा धेरै युवा र किसानहरुमालोकप्रियहुँदै गएको छ ।

कुखुरापालनमा संलग्नकिसान साथीहरु र नव आगन्तुक किसानहरुले केही सतर्कता र संयम अपनाए सुरक्षितकुखुरापालन व्यवसायबाट मनग्यलाभलिन सकिन्छ । धेरै संघ–संस्थाहरुले अहिले  लमा व्यवसायिक कुखुरापालन तालिमहरु प्रदानगर्दै आइरहेका छन् ।

कुखुरा पालनको सोचमाहुने साथीहरुले त्यस्ता तालिमहरु सकेसम्म लिएको हुनु पर्छ या कुखुरापालन विज्ञवापशु चिकित्सकहरुको सर–सल्लाह बमोजिम कुखुरा पालन व्यवसाय सुरुवातगर्नु राम्रो हुन्छ ।

कुखुरा पालनमा सर्वप्रथम ठाउँको छनोट र खोरको बनावटमा ध्यानदिनु पर्दछ । ठाउँ छनोट गर्दा सडकको सुविधा, बिजुलीको सुविधाभएको र अरु क्षेत्रभन्दाउच्च स्थान रहेको ठाउँ रोज्नु पर्दछ ।

खोर बनाउँदाखोर पूर्व–पश्चिमदिशामाफर्केको हुनुपर्दछ । जसले गर्दा घाम सिधा कुखुरा मानपरोस् र खोरमा प्रशस्त मात्रामा स्वच्छ हावा खेलोस् । खोरको चौडाइ १२ मिटर हुनुपर्दछ भने लम्बाई आवश्यकता अनुसार कति संख्यामा कुखुरा पाल्ने हो सोमानिर्भर गर्दछ ।
खोर तयार भईसकेपछि १ दिने चल्ला ल्याइन्छ । जुनखासमा १ दिने नभई २१ दिने भइसकेको हुन्छ ।

यो २१ दिनसम्म ह््याचरीमा खास मेसिनभित्र राखिन्छ । कतिपय रोगहरु त त्यही मेसिनबाट नै लाग्न सुरु गरेको हुन्छ । जतिसुकै स्याहार–सुसार गरे पनित्यस्ता रोगहरुबाट बचाउननिकै गाह्रो पर्दछ । त्यसैले त्यस्ता ह््याचरीबाट ल्याउनु पर्छ जुन ìाचरी सफा र रोगमुक्त हुन्छ ।
ह््याचरीबाट चल्लालाई केही समय कार्टुनमा राखेर गाडीबाट खोरसम्म ल्याइन्छ । त्यतिबेलाचल्लाहरु निकै तनावमा हुन्छन् । त्यसैले खोरमाल्याउने बित्तिकै सफा र शितलपानीको आवश्यकता हुन्छ ।

खोरको तापक्रम मेसिनको तापक्रमभन्दानिकै कमहुने भएकाले चल्लाको स्वास्थ्यमा असर पर्दछ ।

त्यसैले हामीले कम्तिमादुई हप्ता सम्म तातो बनाएर राख्नु पर्छ । तातो बनाउनुको अर्थ पूरै प्लाष्टिककले घेरेर सिरकले छोपोझैं गरी गुम्स्याउनु हुँदैन । रापदिने उपकरण (Gas Brooder) बालेर तातो पार्नुपर्छ र पर्याप्तमात्रामाहावा सञ्चार हुनेगरी भेन्टिलेसन दिनु पर्छ ।
कुखुरालाई दानादिँदाहामीले दिएको दानामा ढुसीको गन्धआएको छ कि छैन भनीविशेष ध्यानदिनु पर्दछ । अन्यथाचल्लामा पेट दुख्ने र पखालालाग्ने समस्याआउन सक्छ । चिसो भुइँमा राखेको दानाले पनि पेट दुख्ने र पखालालाग्न सक्छ । त्यसैगरी एकैपटक धेरै दिनलाई पुग्ने दानाकाबोरा ल्याएको समयमापनि यस्तो समस्याआउन सक्छ ।

दानाबनाउने मकै र भटमासकै खराबी भए ताजा दाना दिँदा पनि कहिले काहिँ यस्तो समस्या देखा पर्दछ ।
पानीको कारणले पनिचल्लाहरु पटक–पटक बिरामीभएको पाइन्छ । पानी सफागर्ने औषधी सधैं हाल्दा–हाल्दै पनि यस्ता समस्याहरु देखिन्छन् । यस्को मुख्यदुईवटा कारणहरु हुन सक्छन् – (१) औषधीले रोग लाग्ने किटाणु मार्न नसक्नु र (२) पानी सफाभएपनि सोत्तर चिसो हुनु । त्यसैले सफापानीखुवाएर मात्र ढुक्क हुनु हुँदैन ।
किनकिदाना र पानी सफाएवम् स्वस्थकर भएपनि बस्ने भुइँ र खोर सफाहुँदैन भने जतिऔषधी गरे पनि रोग निको हुँदैन ।
लक्षण उस्तै देखिएपनि रोग फरक हुन सक्ने भएकाले विनाकुनै चेकजाँचकुखुरा बिरामीपर्दा भेटेरिनरी पसलखोल्ने झैं गरेर आपूmखुसी एकैचोटि थुप्रै औषधील्याउनु हुँदैन ।

जथाभावी औषधी प्रयोग गर्दा पछि झन् औषधीले नै कामनगर्ने खतरा हुन्छ । तपाईं–हामी बिरामीपर्दा डाक्टर कहाँ जान्छौं, त्यसैगरी कुखुरा बिरामी हुँदा पशु चिकित्सकलाई देखाउनु होस् र उहाँहरुको सल्लाह अनुसार मात्रऔषधी खुवाउनु होस् ।
जसरी तपाईं–हामी रोग सँग बँच्न भ्याक्सिन लगाउँछौं, त्यसैगरी कुखुराको लागि भ्याक्सिनको प्रयोग विभिन्न किसिमका समस्याहरुको तथा फिल्डमा भएको रोग लगाउन सक्ने किटाणुहरुको सम्पर्कबाट उत्पन्नहुन सक्ने किटाणुहरुको सम्पर्क हुनसक्ने विभिन्न रोगहरुबाट रोक थामतथा न्यूनीकरणको लागि साह्रै प्रभावकारी हुन्छन् ।

खोप (Vaccine) लगाउनु भनेको बिमागर्नु जस्तै हो । बिमामा सम्भावित दुर्घटना वानोक्सानी बाट बचाउन पहिले केही रकम (Premium) बुझाइन्छ, जुनथोरै हुन्छ । त्यसैगरी थोरै खर्चबाट हुने भ्याक्सिनप्रयोग गरी रोग लागेपछि हुने ठूलो आर्थिक नोक्सानीबाट बचाउनवाकमगर्न सकिन्छ ।
बाहिरको जुत्ता–चप्पललगाएर खोरभित्रप्रवेश गर्नु हुँदैन भने खोरभित्रप्रयोग गर्ने बुट बाहिर लगाउनु हुँदैन । बाहिरबाट खोरभित्रप्रवेश गर्नु अघि शरीरलाई सङ्क्रमण मुक्त गर्न क्उचबथ आदिको प्रयोग गरेर मात्र छिनु पर्दछ । यसो हुँदा बाहिरबाट आउन सक्ने रोग कुखुराको खोरभित्रप्रवेश गर्न पाउँदैन ।
रेडियो र अन्य सञ्चार माध्यमबाट बारम्बार बिमाको कुरा आईरहेको हुन्छ । सबैले सुन्नु र पढ्नु भएकै होला । बिमा प्रिमियमको ७५ प्रतिशत नेपाल सरकारले नै व्यहोर्छ । बिमागर्नाले कुनै दुर्घटना वा प्रकोप फैलिएर कुखुराहरु मर्न गएमा बिमाबाट प्राप्त रकमले ठूलो राहतप्रदानगर्न सक्छ तथाआफ्नो लगानी सुरक्षित हुन्छ । यसैले बिमा गर्नु कुनै पनिकिसानको बुद्धिमानी हुनेछ । सम्पूर्ण कुखुरा पालक किसानहरुको सफलताको कामनाका साथै जय किसान, जय पशुधन ।

img

Share:
Tags