सप्तरी । जिल्ला प्रहरी प्रमूख एसपी मुकेश कुमार सिंहले प्रहरी संगठनलाई भष्ट्राचार रहति बनाउने निधो गरे पनि केही जुनियर प्रहरी अधिकृतले अझै पैसा उठाउन छोडेको छैन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी नायव निरिक्षक उत्तर श्रेष्ठले प्रहरी कार्यलय हाता भित्र रहेका पार्क पोखरीमा माछाको भ्रुरा दिने नाममा फत्तेपुर माछा पालन बाट प्रहरी संगठनको बद्नाम नै हुने गरी धाक धम्की देखाई माछाको भ्रुरा ल्याएको आरोप लगाएको छ ।
माछा उत्पादन केन्द्र प्रमुख योगेन्द्र यादवका अनुसार माछाको भ्रुराको मुल्य नतिरि दादागिरी शैलीमा लकेकोले आफुलाई दुःख लागेको बताए । स्रोतका अनुसार भु्रराको पैसा जिल्ला प्रहरी कार्यालय बाट निकासा लिईसकेको बताईएको छ । भु्रराको रकम कुनै ठुलो रकम नभई दुईहजार मात्र भएको प्रमुख यादवले बताए । श्रेष्ठ प्रहरीका जुनियर अधिकृत मध्येका प्रहरीलाई डियुटीमा खटाउने नायव निरिक्षक रहेको बताईएको छ ।