• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

राजपाका नेतालाई काठमाडौंमा बस्न नदिने चेतावनी

img

काठमाडौं । नेकपा एमालेले निषेधको राजनीति नत्यागे राष्ट्रिय जनता पार्टी नेपालका नेतालाई काठमाडौंमा बस्न नदिने चेतावनी दिएको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले नेता एवं सांसद राजेन्द्र पाण्डेले मधेसमा एमालेका कार्यक्रममा आक्रमण गर्ने, नेताहरुमाथि अवरोध गर्ने संवैधानिक, गैरकानूनी र उच्छृङखल गतिविधि नरोके राजपाका नेतालाई काठमाडौंमा बस्न अवस्था नरहने चेतावनी दिएका हुन् । आफ्ना कार्यकर्तालाई राजनीति संस्कार सिकाउन राजपाका नेतालाई उनले सुझाव समेत दिए ।

प्रदेश नम्बर २ मा त यहाँहरुलाई चुनाव लड्न पनि गारो देखिएको छ नि ? शीर्ष नेताहरुमाथि नै आक्रमण भएको छ भन्ने प्रश्नमा नेता पाण्डेले भने-

केही गारो छैन । आक्रमण हुनु राम्रो कुरा होइन । महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवले त्यहाँका जनतालाई उचाल्ने र एमालेमाथि प्रहार गर भन्दा उनीहरुलाई पनि बस्ने ठाउँ चाहिएला नि । उनीहरु बस्ने त काठमाण्डौ नै हो नि । यस्तो खालको व्यवहार गर्नु गलत हो । हामी पनि चुप लागेर बस्दैनौँ । हुन त मधेशी नेताहरुबिच पनि त्यहाँ पिटापिट छ ।

यसअघि एमाले अध्यक्ष केपी ओलीले राजपालाई चेतावनी दिँदै आफूहरु प्रतिवादमा उत्रिनु नपरोस् भनेका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी