• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

आन्दोलनबाट मुलुकमा महत्वपूर्ण परिवर्तन आए पनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठूला दल नेतृत्वमा असफल रहेको बताउनु भयो

img

आकाश कुमार
सप्तरी १६ भदौं । उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रीक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले समयभित्रै तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गराउन आफनो पार्टी लागी परेको बताउनुभएको छ ।

आन्दोलनबाट मुलुकमा महत्वपूर्ण परिवर्तन आए पनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठूला दल नेतृत्वमा असफल रहेको बताउनु भयो ।

लोकतान्त्रीक फोरमले सप्तरीको भारदहमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी संविधानको सफल कार्यान्वयन गर्ने दृढताका साथ सरकार अघि बढिरहेको बताउनुभयो ।

उहाँले सम्पुर्ण जनतालाई आफनो मता अधिकार प्रयोग गर्न चुनावमा सहभागी हुन समेत अग्रह गर्नु भयो । गच्छदारले सो कार्यक्रममा मधेश आन्दोनमा सहिद भएका राजिव राउतका परिबारलाई एक लाख रुपैया नगद समेत प्रदान गर्नू भयो ।

 

उक्त कार्यक्रममा विभिन्न दल परित्याग गरी लोकतान्त्रीक फोरममा प्रवेश गरेका नवप्रवेशीलाई अध्यक्ष गच्छदारले माला र अवीर लगाएर स्वागत गर्नुभएको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी