जितेन्द्र ठाकुर विराटनगर, भदौ १६ गते । बाढीले भारतीय राजमार्गको पुलमा क्षती पु¥याए पछि समान आयात बन्द भए संगै नेपाल समान आयात गर्ने कन्टेनरको सख्यामा कमी आएको छ । रुट परिवर्तन गरी समान आयात गर्न दुरी बढेको र घेरै नै समस्या उत्पन भएपछि समान आयात गर्न प्रयोग गरिने कन्टेनर को सख्यामा कमी आएको हो । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार दैनिक चार सय देखि पाचँ सय सम्म समान आयत गर्न आउने कन्टेरको सख्या एक सय ५०मा पुगेको छ । भारतको बिहार राज्यस्थित बथनाहाको पुल भाषिएका कारण सामान बोकेका हेभि गाडीहरु ओहोरदोहोरमा भारतीय प्रशासनले रोक लगाएकाले आयात बन्द भएको हो । भारतीय राजमार्ग बन्द भए पछि विराटनगर नाकाबाट आयाता हुने समान भीमनगर हुदै कोशी ब्यारेज भन्सारबाट विराटनगर भन्सार आउने गरेको छ । निकासी–पैठारी हुने मालवस्तु ढुवानी गर्ने सवारी साधनको आवागमन, प्रवेश, भौतिक परीक्षण, जाँचपास तथा बहिर्गमनजस्ता भन्सार प्रक्रिया भएकाले भन्सार ऐन बमोजिम बाधा अड्काउ फुकाउको निर्देशन जारी पछि नाका परिवर्तन हुदै समान आयात हुने गरेको छ । एजेन्डलाई पढाउनु पर्ने र दुरी एक सय सात किलो मिटर बढेकाले कन्टेनरहरु समान लिएर आउन नमानेको एजेन्ड संघका अध्यक्ष परासरको भनाई रहेको छ ।
परिपत्रअनुसार तेस्रो मुलुकबाट नेपालतर्फ पैठारी भएका मालसामान ल्यान्ड कस्टम्स अफिस जोगबनीले नियमानुसार जाँचपास गरेको प्रमाणका आधारमा भारतीय ल्यान्ड कस्टम्स स्टेसन भीमनगरको बाटोबाट कोशी ब्यारेज सुनसरी, इटहरी र विराटनगर हुँदै विराटनगर भन्सारको परिसरमा ल्याउनुपर्ने हुन्छ । । उता वाट ल्याएको मालसामान विराटनगर भन्सार कार्यालयको प्राङ्गणमा आइसकेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छुटाउनु व्यव्स्था अपनाइएको । भारतबाट आयातीत मालवस्तुको सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजबाट भौतिक जाँचपास मात्र गर्ने परिपत्र अनुसार एजेन्डलाई समेत विराटनगर वाट कोशी व्यारेजमा जानु पर्ने बाध्यता रहेको बताइएको छ । उता मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले नाका परिवर्तन गर्ने ऐन नभएको अवस्थामा नाका परिवर्तन गरी समान आयात गर्न कठिनाई हुने गरेको बताउनुभयो । व्यवहारिक रुपमा नाका परिवर्तन भएर समान आउने गरेको बताउदै उहाले बाढीले क्षती पु¥याएको राजमार्गको पुलको काम समेत अघि भारत सरकारले बढाएकाले केहि सप्ताहमा नै समस्या समाधान हुने बताउनुभयो । रेल्वेको काम भारत सरकार गतिका साथ बढाएकाले अव पुलको काम पनि यृुद्ध स्तरमा बढाउने तयारी गरेको जानकारी दिनुभयो । हाल सम्म भारतको बथनाहामा रहेको पुलको निर्माणको काम सुचारमा नगरेकाले नेपाल सरकारलाई कुटनितिक पहलमा यथाशिर्ष सुरु गर्न दवाव दिनु पर्ने एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले बताउनुभयो ।
भन्सार कार्यालयका अनुसार भदौ महिनामा २ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ ।तर लक्ष्य पुरा हुन नसक्ने बताइएको छ ।