• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

सामुदायिकका दश हजार विद्यार्थी प्रभावित

img

जितेन्द्र ठाकुर विराटनगर, भदौं १७ गते । केहि दिन अघि अविरल वर्षा संगै आएको बाढीले मोरङका एक सय ३८ विद्यालयमा क्षती पु¥याएको छ । बाढीबाट प्रभावित भएका एक सय ३८ सामुदायिक विद्यालयमा क्षति पुग्दा १० हजार विद्यार्थी प्रभावित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले बाढीका कारण विद्यार्थीको पुस्तक, कपी, विद्यालय पोशाक लगायत शैक्षिक सामाग्री नष्ट भएको जनाकारी दिनुभयो । निजी स्कुलको क्षतिको पुर्ण विवरण नआएको बताउदै उहाले केहीले विवरण पेस गरेपनि धेरै स्कुलले जानकारी समेत नदिएको जानकारी दिनुभयो । बाढीका कारण विस्थापित भएका विद्यार्थीहरु भने सामान्य अवस्थामा फर्कन सकेका छैनन । बाढी र डुवानका कारण शैक्षिक सामाग्री नष्ट भएपछि विद्यार्थीहरु अझै पीडामा छन् । बाढी बिस्थापितलाई सामान्य राहत उपलब्ध भएपनि विद्यार्थीकालागि शैक्षिक सामाग्री उपलब्ध नहुदा पढाई नै प्रभावित भएको विद्यार्थीहरु बताउछन् । गत साउन अन्तिम साता आएकोबाढीबाट प्रभावित भएका मोरङ जिल्लाका १० हजार विद्यार्थीहरुले अझै पढन पाएका छैनन । बाढीबाट प्रभावि भएका विद्यालयहरु खुलेपनि शैक्षिक सामाग्री बाढी र डुवानले गर्दा काम नलाग्ने भएपछि विद्यार्थीहरुले अध्ययन गर्न नपाएका हुन । बर्षापछि आएको बाढी र डुवानबाट दश हजार विद्यार्थी प्रभावित भएको तथ्याङक सामुदायिक विद्यालयको मात्र हो । निजी स्कुलमा पनि सोही अनुपातमा विद्यार्थीहरु प्रभावित भएपनि जिल्ला शिक्षा कार्यालय मोरङमा तथ्याङक छैन । निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन प्याब्सन मोरङको तथ्याङक अनुसार मोरङ जिल्लाभर एक हजार ६ सय विद्यार्थी बाढीबाट प्रभावित भएका छन् । प्याब्सन मोरङ अध्यक्ष शुनिल पौडयालका अनुसार प्रभावित हुनेहरुमा विराटनगरका धेरै विद्यार्थीहरु छन् । बाढीका कारण मोरङका दक्षिण क्षेत्रका विद्यालयहरु बढि प्रभावित छन् । बाढी पछि विस्थापितहरुलाई सामुदायिक विद्यालयमा सिविर बनाएर राखिएको थियो । बिस्थापितहरु आप्mनो घर फर्केपछि विद्यालयहरु खुलेका छन् । तर शैक्षिक सामाग्री नभएका कारण धेरै विद्यार्थीहरु विद्यालय बाहिरै छन् ।विद्यालय बाहिरै रहेका विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएर स्कुलमा उपस्थित गराउने अभियान सञ्चालन गर्ने जिल्ला शिक्षा अधिकारी खनालले बताउनुभयो । प्रभावित विद्यार्थीहरुकालागि जनक शिक्षा सामाग्रीबाट किताब ल्याउने तयारी भएको खनालको भनाई छ । जिल्ला शिक्षा कार्यालयले विद्यालय पोशाक लगायत शैक्षिक सामाग्रीकालागि भने गैर सरकारी संस्थाहरुलाई गुहारेको छ । ‘शिक्षाका क्षेत्रमा काम गर्ने संस्थाहरुलाई सहयोग गर्न अनुरोध गरेका छौ ’ अधिकारी खनाल भन्नुभयो, ‘ गैर सरकारी संस्थाले उपलब्ध गराएको शैक्षिक सामाग्रीले नपुगे स्थानीय तहसगं समन्वय गर्ने छौ ।’ उहाले गैर सरकारी संस्थालाई पोसाक झोलालगायत शैक्षिक सामाग्री वितरण गर्ने प्रतिवद्धता माग गरिएको बताउनुभयो । तर हाल सम्म एजुकेशन हेल्पलाइनले मात्र शैक्षिक सामाग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।

 

img

Share: