• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

बाढीपीडितको पिडामा मल्हम लगाउदै मुस्लिम समाज

img

जितेन्द्र मधेशी
विराटनगर,भदौं १७गते । मुस्लिम युवाहरु अहिले बाढी पिडितको पिडामा मल्हम लगाउन सक्रिय भएका छन्। नेपाली समाजमा मुस्लिमलाई हेर्ने नजर बेग्ले रहेका बेला केहि दिन अगाडी अविरल बर्षा संगै आएको बाढीले प्रभाभित भएका क्षेत्रमा राहत वितरण काममा सक्रियताका देखाए पछि मुस्लिमलाई विराटनगरमा हेर्न दृष्टीकोषमा समेत फरक भएको छ । गैर मुस्लिम क्षेत्र बढी राहत विरतरण गरेर मानवता देखाए पछि मुस्लिम समुदाय सवैको नजरमा सच्चा मानवधर्म निर्भाह गर्ने समुदायको रुपमा व्यख्या हुन थालेका हो ।सक्रिय मुस्लिम समुदायका अगुवा तथा युवाहरुको संगठन मोरङ मुस्लिम समाजले बाढी पिडित प्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न थालेका छन् । बाढी तथा डुबानले पीडित बनेका सर्वसाधरणलाई मल्हमपट्टी लगाउने लाइनमा मोरङ मुस्लिम समाज अगाडि देखिएको समाजले अव दोस्रो चरणमा विद्यालय जान वाट बञ्चित विधार्थीहरुलाई शैक्षिक समग्री वितरण गर्न थालेको हो । सबै क्षेत्रबाट सहयोग तथा उद्धार भइरहेका बेला समाजले दूरदराजका सर्वसाधारणलाई राहत वितरणमा बढी सक्रिय भएको थियो ।


‘५०÷६० जनाको टोली बाढी आएदेखि लगातार उनीहरूको उद्धार तथा राहतमा खटिरहेको छ’, मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले भने, ‘हाम्रो टोलीले कुनै एनजिओ आइएनजिओसँग पैसा मागेर होइन हामी आफैंले उठाएर राहत वितरण गरिरहेका छौं ।’
मुस्लिम समाजले अहिलेसम्म मोरङको विभिन्न स्थानका १७ सय घरपरिवारलाई राहत वितरण गरेको समाजका सक्रिय युवा समाजसेवी अदिव कामिल जामालीले जानकारी दिनुभयो । उहाका अनुसार पहिलो चरणमा राहतमा चामल, त्रिपाल, दाल, तेल, लत्ताकपडालगायतका सामाग्री वितरण गरेको छ । अन्य विभिन्न संघसंस्थाले जातिगत र धर्मको आधारमा राहत वितरण गरेको भएपनि मुस्लिम समाजले भने सबै जाति धर्म र समुदायका मानिसलाई राहत वितरण गरेको जमालीले जनाउनुभयो । ‘हामीले कसैलाई विभेद गरेका छैनौं, जुनसुकै जाति, धर्म, समुदायका मानिसलाई राहत विरतण गरेका छौं,’ कालिमले जमालीले भने, ‘वास्तविक पीडितलाई राहत वितरण गर्ने हाम्रो काम अझै जारी छ ।’ पहिलो चरणमा समाजले खाद्यान वितरण गरे पछि अव दोस्रो चरणमा बाढी पिडित बालबालिका लाई शैक्षिक सामग्री बितरण गर्न थालेको पाइएको हो ।राहत सामाग्री व्यवस्थापनका लागि समाजले मुसरफ खान, तनविर खान, एस खान, अरविन आलमलगायतको टोली खटिएको छ भने साहव अहम्मद गुड्डु, ताजिम अहमद, फिरोज खान, जफर अहमद जमालीलगायतको टोलीले राहत वितरणको जिम्मा लिएको छ । टोलीले अहिलेसम्ममा लगभग २७ लाखको सामान पीडितको घरघरमा पु¥याएको जनाएको छ । त्यति मात्रै होइन मुस्लिम संघर्ष समितिको पहलमा बाढी पीडितको क्षेत्रमा विशेषाज्ञ डाक्टरसहितको टोलीले स्वास्थ्य शिविर पनि चलाइरहेका छन् । हाल सम्मद दर्जनौं स्थानमा स्वास्थ्य शिविर संचालन भएको कामिलले जानकारी दिनुभयो ।मुस्लिम समाजले विशेष गरी डोम र अल्पसंख्यक ऋषिदेव (मुसहर) समुदायलाई सहयोग गरिरहेको हो । समाजका सल्लाहकार जफर अहमद जमालीले सवै समुदाय वाट सहयोग संकल्न गरेर मुस्लिम हिन्दु नछुट्याई बाढी बाट पिडितको पहचान गरी राहत वितरण गरिरहेको बताउनुभयो । हामीलाई सहयोग गर्न हिन्दु नै बढी भएको बताउदै प्रवक्ता आलमले भने जिल्ला भरी नै राहत पु¥याउने हाम्रो लक्ष्य हो।‘


धार्मिक सहिष्णुताको नेपाली संस्कारलाई निरन्तरता दिन र उदाहरण प्रस्तुत गर्नकै लागि गैरमुस्लिमलाई सहयोग गरेको आलमको भनाई रहेको थियो । समाजले मोरङको १७ तहमा सक्रियताका साथ राहत पु¥याएको भन्दै सारै लाइन्स,लियो ले सम्मानित समेत गरेको छ ।
मोरङमा बाढीका कारण आठ हजार पाँच सय घर डुबानमा परेका छन् भने बाढीले ६० घर बगाएको छ । यस्तै १७ जनाको मृत्यु भएको छ र तीन हजार दुई सय एक घरका ११ हजार चार सय २० जना विस्थापित भएको थियो ।

 

 

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी