• img
  • img
img img img

img

जितेन्द्रनारायण ठाकुर
विराटनगर ,भदौं १९ गते । प्रसुती गराउन विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरेकी एक महिलाको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै आफन्त चिन्तित बनेका छन् ।
शल्याक्रियामा संलग्न चिकित्सकको लापर्वाहीका कारण विराटनगर–१७ निवासी सन्जु साहकोको अवस्था नाजुक भएको भन्दै आफन्तजनमा आक्रोशसँगै पीडा थपिएको हो ।
गर्भवती परीक्षण गराउनका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा एक महिना अगाडी जानु भएकी साहलाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा रेनुका राठीको सल्लाह बमोजिम नोबेलमा रेफर गरिएको थियो । नोबेल मेडिकल कलेजमा भर्ना भएको २१ दिनपछि गत भदौ ७ गते शल्याक्रिया गरेर बच्चा निकालिएको थियो ।
नोबेलमा शल्याक्रिया पछि साहको स्वास्थ्य अचानक जटिल बन्दै गएर हाल कम्मरमुनीको भाग चल्न छाडेको पीडितका श्रीमान् पवनबिक्रम साहले बताउनुभयो । ‘बच्चाको पनि अवस्था गम्भीर रहेको भनेर एनआईसीयूमा राखिएको छ तर त्यो भन्दा जटिल समस्या आमाको देखिदै गएको छ’ पीडित साहले भन्नुभयो ।
उपचारमा संलग्न चिकित्सकले भने एनेस्थेटीकको लापर्वाहीले विरामीलाई हाईडोज मेडिसिन चलेको विरामीका आफन्तलाई बताउँदै आएको साहको भनाई छ । अहिले विरामी भएर भर्ना हुनु भएकी साहको दुवै खुट्टा नचल्ने गरी सुनिएको अवस्थामा हाडजोर्नी विभागमा उपचार भईरहेको छ ।
चिकित्सकहरुले नशा र हड्डीमा एकैपटक समस्या देखिएपछि त्यसको उपचार भईरहेको भन्दै विरामीका आफन्तलाई भन्ने गरेका छन् । तर, के समस्या भएको र कसरी भएको भन्ने विषयमा भने एकले अर्को चिकित्सकलाई दोष देखाउने गरेको पीडित बनेका आफन्त बताउँछन् ।
आफ्नी श्रीमतीको गर्भमा बच्चा रहँदादेखिनै बारम्बार चिकित्सकको राय अनु्सार स्वास्थ्य परीक्षण गराउँदै आएको उहाँ बताउनुहुन्छ । अन्तिम महिना सामान्य पानी बग्ने समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउन जाँदा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि सामान्य अवस्थाकै विरामीको शल्याक्रिया गरेर बच्चा झिकेपनि दशदिनसम्म आमा र बच्चा दुवैको अवस्था चिन्ताजनक रहेको पीडित परिवारको भनाई छ । उता पिडित महिला संजु साहले अव मलाई दवाईको साटो विष नै दिनु भन्न थालेकी छिन । नोबेलमा सुचना अधिकृत नारायण दहालले चिकित्सकको लापरवाही नभई थप समस्या भएको बताउनुभयो ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी