विराटनगर, १९ भदौ ।स्थानिय तहको तेस्रो चरणको निर्वाचनको मिति नजिकिदै जादाँ प्रदेश नम्बर एकको तीन जिल्लामा प्रहरीले उच्च निगरानी बढाएको छ । मधेशी जनताको राजनीतिक अधिकार संविधान संशोधन गरेर संविधान नसमेटिए निर्वाचनमा भाग नलिने राजपाको अडानका कारण पटक पटक पटक सर्दै आएको दुई नम्बर प्रदेशको निर्वाचन आउदों असोज दुई गते हुदै छ । प्रदेश नम्बर दुईमा निर्वाचन नजिकँदै जाँदा भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरीमा प्रहरीले निगरानी बढाएको हो । हालै छ वटा मधेश केन्द्रित दलहरु मिलेर बनेको राजपा निर्वाचनमा सहभागि भए पनि अपराधिक गतिविमा संकल्गन व्यक्तिहरुले निर्वाचन र शान्तिसुरक्षामा असर पु¥याउन सकिने भन्दै पुर्वका तीन जिल्लामा निगरानी बढाएको हो । प्रहरी अतिरिक्त महानिरिक्षक पशुपति उपाध्यायका अनुसार प्रदेश नम्बर दुईको निर्वाचन लक्षित सुरक्षा प्रदेश नम्बर एकमा समेत चासो बढाइको हो ।
प्रदेश संरचना बनेपछि पहिलो पटक कार्यभार सम्हाल्दै एक नम्बर प्रदेशको प्रहरी अतिरिक्त महानिरिक्षक भएर आउनु भएका उपाध्यायले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सबै खालका सुरक्षा चुनौतीलाई चिर्न प्रहरी क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले प्रहरी संगठन र अनुशासनलाई बढीनै परिपालना गराउन आफु लाग्ने समेत पत्रकार सम्मेलनमा दावी गर्नुभयो ।
प्रदेश नम्बर एकका सबै जिल्लाहरुमा प्रहरी अनुशासनलाई उच्चतम प्रयोगमा ल्याउन आफू लाग्ने बताउँदै उपाध्यायले सीमा क्षेत्रबाट हुन सक्ने तस्करी नियन्त्रणमा जिल्ला भित्रका सबै सुरक्षा निकायबीच तालमेल गरेर बढ्ने समेत बताउनुभयो । यसैगरी चाडपर्व लक्षित सीमा सुरक्षा र तस्करी, आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षा चुनौतीलाई आफूले बढी जोड दिने उहाँको भनाई थियो ।