सप्तरी, ४ असोज । सप्तरीमा सदरमुकाम राजविराज नगरपालिका वाहेक १७ स्थानीय तहको मतगणना जारी रहेको छ । नेकपा एमालेले सप्तकोशी नगरपालिकाको वडा नं. १, २, ३ र ४ सहित ७ वटा वडामा विजयी भएको छ ।
यसैगरी, नेपाली कांग्रेसले ५, राजपा ३, माओवादी केन्द्र २ (सप्तकोशी ५ र ६), फोरम लोकतान्त्रिक एक, संघीय समाजवादी फोरम नेपाल २ ओटा वडामा अध्यक्षसहित प्यानलै जितेका छन् । यसैगरी मतगणना भईरहेको १७ स्थानीय तहमध्ये पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस ५, संघीय समाजवादी फोरम नेपाल ६, एमाले ३, राजपा २, नयाँ शक्ति एक स्थानमा अगाडि छन् ।
सप्तकोशी नगरपालिका प्रमुखमा उत्तम कुमार शर्मा (गौतम)ले २००२ र माओवादी केन्द्रका प्रमुखका उम्मेदवार ध्रुब कार्कीले ११७२ र नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार कृष्णप्रसाद ढकालले ८८० मत ल्याएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकामा मेयरमा संघीय समाजवादी फोरम नेपाल १०९९, उप मेयरमा १०४३, राजपा नेपालका ७०४, उप मेयरमा ७०६ र नेपाली कांग्रेका २५३, उपमेयरमा २८५ मत ल्याएका छन् । खडक नगरपालिकामा मेयरमा नेपाली काँग्रेसका १०३३ र राजपा ७१८ र एमालेका उम्मेदवार ५४५ मत प्राप्त छन् ।
सुरुङ्गा नगरपालिकाका एमालेका रामनारायण चौधरीले १४२, काँग्रेसका मुक्तिनाथ चौधरीले ५५ र नेपाल लोकतान्त्रिक फोरमका गीता चौधरीले ५४ मत ल्याएका छन् । बोदेबर्साइन नगरपालिकामा मेयर पदमा संघीय समाजवादी फोरम नेपाल ६७२, उपमेयरमा ५७२, राजपा नेपाल ३४५, उप मेयरमा ३८१ मत ल्याएका छन् ।
डाक्नेश्वरी नगरपालिकामा मेयरमा राजपा नेपाल १००३, नेपाली काँग्रेस १०००, एमाले ७९९ मत प्राप्त गरेका छन् । कञ्चनरुप नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसको ८४०, उप मेयरमा ६०९, नेकपा एमालेको ६७०, उप मेयरमा ६०९ र संघीय समाजवादी फोरम नेपालका ४७३, उप मेयरमा ४९६ प्राप्त गरी अग्र स्थानमा रहेका छन् ।
सुरुङ्गा नगरपालिकाको मेयरमा एमाले ८६७ मत, उप मेयरमा ८१६ मत पाएका छन् नेपाली कांग्रेसका ५२९, उपमेयरमा ४३९, नेपाल लोकतान्त्रिक फोरमको ६७६, उपमेयरमा ५७० मत पाएका छन् । यसैगरी खडग नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस १००३, उप मेयर ९८३, राजपा ७१८, उप मेयरमा ७९६, नेकपा एमाले ५६५ र उपमेयरमा ४८२ मत प्राप्त गरेका छन् । शम्भुनाथ नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरम ४३३, उप मेयर ४६७, नेकपा एमाले ४००, उपमेयर ५०२ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।
यस्तै गाउँपालिकातर्फ बेल्ही चपेना गाउँपालिकाको अध्यक्षका उम्मेदवार काँग्रेसका परमानन्द यादवले १३०८, उप प्रमुखमा १३३१, संघीय समाजवादी फोरम नेपाल १०२१, उप प्रमुखमा ८५४ मत ल्याएका छन् । तिलाठी कोइलाडी गाउँपालिकामा राजपा, नेपालका अध्यक्षका उम्मेदवार सतिशकुमार सिंहले ४७९ र नेपाली काँग्रेसका अरुणकुमार मण्डलले ४०० मत ल्याएका छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिकामा प्रमुखमा नेपाली काँग्रेस ८६८, उप प्रमुखमा ६६९, नेपाल लोकतान्त्रिक फोरमका ४३०, उप प्रमुखमा ३७४ मत ल्याएका छन् ।
विष्णुपुर गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालको अध्यक्षमा ५९७, राजपा नेपाल ५५८, नेपाली कांग्रेस ५३२ र स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले ३५६ मत प्राप्त गरेका छन् । रुपनी गाउँपालिकामा अध्यक्षमा राजपा १२६१, उप प्रमुखमा १२०८, नेपाल नेपाली काँग्रेसको ६१९, उप प्रमुखमा ७१९ र माओवादी केन्द्र २८९, उप प्रमुखमा २५१ मत ल्याएका छन् ।
छिन्नमस्तामा गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टीका ७१३, उपाध्यक्ष ४३३, संघीय समाजवादी फोरम नेपालबाट ५०६, उपाध्यक्षमा ४७५, राजपा नेपालका ३४४, उपाध्यक्षमा ५०५ मत प्राप्त गरेका छन् । बलान विहुल गाउँपालिकामा फोरम नेपालको ३३०, एमालेको ३०५, नेपाली कांग्रेसको २७८ र माओवादी केन्द्रको २६६ मत छ ।
यसैगरी महदेवा गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम नेपाल ३९७ मत, उपाध्यक्ष ३०९ मत, अध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपाल १३८, उपाध्यक्षमा १७१ मत प्राप्त गरेका छन् । तिरहुत गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस १८७, फोरम नेपाल १७३ मत प्राप्त गरेका छन् ।