• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राजपा पहिलो जीत

img

५ असोज, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मेयर, उपमेयर दुबै राष्ट्रिय जनता पार्टी (राजपा) ले सप्तरीमा पहिलो जीत हात पारेको छ ।

राजपाले डाक्नेश्वरी नगरपालिकाको मेयर र उप मेयर दुबै जितेको छ । मेयरमा राजपाको तर्फबाट शिबनारायण साह र उप मेयरमा इन्दु कुमारी यादव निर्वाचित भएका छन् ।

 

मेयरमा साहले ३८८० मत प्राप्त गरेका छन् भने उप मेयरमा निर्वाचित यादवले ३८५६ मत प्राप्त गरेकी छन् ।

निकटतम प्रतिद्वन्दी कांग्रेसका नारायण यादवले ३५४९ मत प्राप्त गरेका छन् । निकटतम उप मेयरमा कांग्रेसकै रामकुमारी पण्डित रहिन् । उनले ३५६९ मत प्राप्त गरिन् ।

यो सँगै सप्तरीमा चार स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये दुईमा कांग्रेस, एकमा एमाले र एकमा राजपा विजयी भएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी